आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

आठ महिनामा २९ अर्बको धान-चामल आयात

  • 397
    SHARES
  • https://indrenipost.com/posts/8552
    चैत १८, २०८१ सोमबार
    आठ महिनामा २९ अर्बको धान-चामल आयात

    काठमाडौं । यो वर्ष धान चामलको आयात उल्लेख्य बढेको छ।

    अघिल्ला दुई वटा आर्थिक वर्ष लगातार आयात घटेपछि चामल उद्योगीहरूले अवैधानिक आयात बढेको बताएका थिए।

    चालु वर्षमा धानको आयात परिमाणात्मक रूपमा ९१ प्रतिशत र मूल्यका हिसाबले ९३ प्रतिशतले बढेको छ।

    भन्सार विभागको तथ्यांक अनुसार गत वर्ष यसै समयमा ८ अर्ब ६४ करोड रूपैयाँ बराबरको २२ करोड ८३ लाख केजी धान आयात भएको थियो।

    यो वर्ष १६ अर्ब ७१ करोड रूपैयाँमा ४३ करोड ६३ लाख केजी धान आयात भएको छ।

    चामलको आयात पनि यसैगरी बढेको छ। गत वर्ष यो समयमा ६ अर्ब ७९ करोड रूपैयाँ बराबरको ६ करोड २१ लाख केजी चामल आयात भएको थियो।

    यो वर्ष १२ अर्ब ३२ करोड रूपैयाँमा १५ करोड ४० लाख केजी आयात भएको छ। 

    चालु वर्षको साउनदेखि फागुन महिनाको अवधिमा मात्रै करिब २९ अर्ब रूपैयाँको धान र चामल आयात भएको छ। 

    गत वर्ष यसै समयमा १५ अर्ब रूपैयाँको धान र चामल आयात भएको थियो।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij