सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

नेपाल बार एसोसिएसनको अध्यक्षमा लभभग मिश्रको जित निश्चित


  • 199
    SHARES
  • https://indrenipost.com/posts/8695
    चैत २७, २०८१ बुधबार
    नेपाल बार एसोसिएसनको अध्यक्षमा लभभग मिश्रको जित निश्चित

     

    काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्ष पदमा प्रा.डा. विजय प्रसाद मिश्र निर्वाचित हुने निश्चित भएको छ । गन्न बाँकी मतभन्दा मतान्तर धेरै भएपछि मिश्र अध्यक्ष निर्वाचित हुने पक्का भएको हो ।

    अध्यक्ष पदमा कांग्रेस–एमाले गठबन्धनबाट मिश्र र माओवादी–रास्वपा लगायत दलको गठबन्धनबाट रमन श्रेष्ठ प्रतिस्पर्धामा थिए ।निर्वाचन समिति स्रोतका अनुसार अब गन्न बाँकी पुनरावेदन अदालत पाटनको करिब १ हजार ५५८ र ललितपुर जिल्लाको ५६० गरी २ हजार ११८ मत छ । तर मिश्र श्रेष्ठभन्दा २ हजार २८७ मत अन्तरले अगाडि छन् ।

    त्यसैले मिश्रको जित सुनिश्चित भएको निर्वाचन समिति स्रोतले बतायो ।  नेपालका कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि चैत २० गते देशभर मतदान भएको थियो । मतगणना बार एसोसिएसनकै भवन भित्र भइरहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij