सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

चारदेशीय टी-२० श्रृंखलामा नेपालको दोस्रो जित, कुशल र आशिफको अर्धशतक

  • 226
    SHARES
  • https://indrenipost.com/posts/8700
    चैत २८, २०८१ बिहीबार
    चारदेशीय टी-२० श्रृंखलामा नेपालको दोस्रो जित, कुशल र आशिफको अर्धशतक

    काठमाडौं । चारदेशीय टी-२० सिरिजमा नेपालले दोस्रो जित निकालेको छ।

    हङकङमा जारी सिरिजको दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको हो। बिहीबार बिहान भएको खेलमा नेपालले पाएको १८६ रनको लक्ष्य ७ बल बाँकी छँदा ४ विकेट गुमाएर भेट्टाएको हो।

    त्यस क्रममा ओपनर कुशल भूर्तेल र आशिफ शेखले अर्धशतक बनाए। भूर्तेलले ५० बलमा ६ चौका र ६ छक्का हानेर ८१ रन बनाए। आशिफले ३८ बला २ चौका र ४ छक्का हानेर ५३ रन जोडे।

    कुशल मल्ल ४ रनमा आउट भए। दिपेन्द्रसिंह ऐरीले १२ बलमा २ चौका र ३ छक्का हानेर ३१ रन बनाए। बलिङतर्फ कुवेतका यसिन पटेलले २ तथा मोहम्मद शफिक र मोहम्मद अस्लामले १र१ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको कुवेतले ८ विकेट गुमाएर १८५ रन बनाएको थियो।

    कुवेतका लागि ओपनर क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाए। उनले ३० बलमा चार चौका र २ छक्का हाने। मिट भवसरले २८ बलमा चौका र २ छक्का हानेर ३५ रन बनाए। बिलाल तहिरले ३२, रविजा सान्दरूवनले २६ र उसमान पटेलले १३ रन बनाए।

    बलिङतर्फ नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए। नन्दन यादवले दुई तथा ललित राजवंशी र कुशल भूर्तेलले एक-एक विकेट लिए। नेपालले यसअघि पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गरेको थियो।

    नेपालले अन्तिम खेल चैत ३० गते हङकङसँग खेल्नेछ। त्यसपछि चैत ३१ गते तेस्रो स्थान र फाइनल खेल हुनेछ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij