सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

चैत्र २९ गते शुक्रबारको तपाईको दैनिक राशिफल

  • 163
    SHARES
  • https://indrenipost.com/posts/8712
    चैत २९, २०८१ शुक्रबार
    चैत्र २९ गते शुक्रबारको तपाईको दैनिक राशिफल

    आज मिति वि सं २०८१ साल चैत २९ गते शुक्रबार चैत शुक्ल पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२५ अप्रिल ११ तारिख।

    मेष राशि : दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । सुखद समाचारले दिन उत्साहपूर्ण रहला । स्वास्थ्य सबल रहनेछ । ठीक समयमा सही निर्णय लिन सकिएला । कार्यसम्पादनको क्षमता बढ्नेछ । आम्दानी वृद्धिका साथ परिवारजनका आवश्यकता पूरा हुनेछन् । मित्रजनको साथ(सहयोग रहनेछ ।

    बृष राशि :  शुभ समाचार प्राप्त हुने तथा प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । व्यापार व्यवसायमा सामान्य फाइदा भए पनि कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । यात्रापरक काम बन्नेछ । तथापि, आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका मिल्नसक्ने योग छ, सजग रहनु हितकर हुनेछ ।

    मीथुन राशि :  शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । परिवारिक सुख र उत्साह बढ्ला । आफन्तको साथ मिल्नेछ । मिठो भोजन प्राप्त होला । सबल स्वास्थ्यका लागि खानपिनमा विशेष ख्याल राख्नु हितकर हुनेछ । छरछिमेकमा असमझदारी बढ्ने योग रहेकोले होसियारीका साथ काम लिनुहोला । कामका लागि गरिएको यात्रा निष्फल रहनसक्ने हुँदा यात्रागत कार्य थाती राख्नु उचित हुनेछ ।

    कर्कट राशि : चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि बनाउन सकिने दिन छ । वैदेशिक क्षेत्रबाट विशेष लाभ उठाउने अवसर प्राप्त होला । तथापि, इर्ष्यालु मन भएकाहरूले काम बिगार्न सक्छन्, सजगताको खाँचो छ । बुद्धिको उपयोगले प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिएला । प्रतिष्ठित काम सम्पादन गर्ने योग छ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

    सिंह राशि : बोलीको माध्यमले लाभ उठाउन सकिने दिन छ । प्रयत्न गर्दा अप्ठ्यारा काम सम्पादन हुन सक्छन् । उपलब्धिले थप उत्साह जगाउनेछ भने भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । पहिलेको सफलताले प्रशन्नता दिनेछ । रसरागको कार्यमा आकर्षण बढ्ला । पारिवारिक सुख रहनेछ ।

    कन्या राशि : पुरानो समस्याले केही झमेला आइलाग्ने सम्भावना रहेपनि रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । आयआर्जन राम्रै हुने समय छ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । यात्रामा विशेष लाभ होला । दाम्पत्य सम्बन्धमा भने केही असमझदारी बढ्नसक्ने योग छ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सकिनेछ ।

    तुला राशि :  कर्मबल वृद्धि हुनेछ । प्रतिष्ठा, मान(सम्मान मिल्ने समय छ । तर, विश्वासमा पारेर झुक्याउनेहरूले सताउन सक्छन्, आजको दिन सहयोगीहरूको भर नपर्नु बेस होला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्ला । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । कामको तारिफ हुनाले उत्साह बढ्ला ।

    बृश्चिक राशि : मिश्रित फलदायी समय छ । परिवारजनको सहयोगले लाभ उठाउन सकिएला । घरायसी काम बन्नेछन्, तर परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइनेछ । सहयोगीहरूले पनि विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान् । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । सोचेको काम पनि नबन्न सक्छ, ध्यान राख्नुहोला । खर्च नियन्त्रणको लागि योजना र बजेट बनाइ कार्य गर्नुहोला ।

    धनु राशि : दौडधुप केही बढ्ने दिन छ । आयआर्जनका स्रोत बढ्ने र व्यापारमा पनि राम्रै फाइदा होला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । साथ दिनेहरू बढ्नेछन् । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

    मकर राशि : प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्यसुखमा रमाइएला । विभिन्न सहयोग र उपहार पाइने योग छ । इच्छाशक्ति बढ्नेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ, याद राख्नुहोला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

    कुम्भ राशि : अर्थअभाव खट्किए पनि चिताएको काम सम्पादन गर्न सकिनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । भाग्यले नसोचेको फाइदा दिलाउने योग छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । साहस वृद्धि हुनेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

    मिन राशि : अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । तथापि, मिहेनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिनेछ । मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् । तार्किक क्षमता एवं बोलीको प्रभाव बढ्नेछ । प्रेमभाव वृद्धि हुनेछ ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij