सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

तीनकुने घटनामा गृहमन्त्रीको जवाफ माग्दै सांसद


  • 172
    SHARES
  • https://indrenipost.com/posts/8716
    चैत २९, २०८१ शुक्रबार
    तीनकुने घटनामा गृहमन्त्रीको जवाफ माग्दै सांसद

    काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । कानुन, न्याय तथा मानव अधिकार समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने कार्यतालिका छ । 

    कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा भएका मानव अधिकार उल्लंघनका विषयमाथि छलफल गर्ने कार्यसूची छ । बैठकमा जवाफ खोज्न गृहमन्त्री रमेश लेखकलाई बोलाइएको छ । बैठक बिहान ११ बजे बस्नेछ । 

    विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज  (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो १ बजे बस्नेछ ।  सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजे बस्दै छ । 

    बैठकमा सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरूसँग छलफल गर्ने कार्यसूची छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij