सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

आफू अतिथि भएको कार्यक्रममा उपस्थित नभएका ऊर्जा सचिवलाई राज्यमन्त्रीको २४ घण्टे स्पष्टीकरण


  • 208
    SHARES
  • https://indrenipost.com/posts/8717
    चैत २९, २०८१ शुक्रबार
    आफू अतिथि भएको कार्यक्रममा उपस्थित नभएका ऊर्जा सचिवलाई राज्यमन्त्रीको २४ घण्टे स्पष्टीकरण

    काठमाडौं।ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले आफू प्रमुख अतिथि रहेको कार्यक्रममा उपस्थित नभएको भन्दै ऊर्जा सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन्।

    ललितपुरको जावलाखेलमा चैत २५ गते भएको कार्यक्रममा सचिव उपस्थित नभएपछि मन्त्रीले आक्रोश व्यक्त गर्दै स्पष्टीकरण सोधेका हुन्। सिँचाइ दिवसको अवसरमा आफ्नो प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमको मञ्चमा पटकपटक बोलाउँदासमेत सचिव उपस्थित नभएको भन्दै राज्यमन्त्रीले स्पष्टीकरण सोधेका हुन्।

    २४ घण्टे स्पष्टीकरण भनिएको छ, ‘राज्यमन्त्री सहभागी कार्यक्रममा आफू बस्न तयार नभएको भन्ने तुच्छ अभिव्यक्ति दिएको, पदीय आचरण पालना नगर्नुको साथै पदीय गरिमा समेत कायम गर्ने नसकेको, नेपाल सरकारको सचिव पदको गरिमा र मर्यादालाई समेत धज्जी उडाउने गरी कार्यक्रम बहिष्कार गरेको तपाईँलाई अनुशासनको कारबाही किन गर्नु नपर्ने हो ?’

    मन्त्री तामाङले विभागीय मन्त्रीलाई अवहेलना गरेको हो भन्दै प्रश्न गरेका छन्। ‘तपाईँले के कसको प्रभाव वा पूर्वाग्रही भावनाले विभागीय मन्त्रीको अवहेलना गर्ने उद्देश्यले कार्यक्रम बहिष्कार गर्नुभएको हो ?’, स्पष्टीकरणमा भनिएको छ।

    मन्त्री तामाङले स्पष्टीकरण २४ घण्टाभित्र दिन भनेका छन्।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij