मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आवश्यक: प्रधानमन्त्री ओली


  • 226
    SHARES
  • https://indrenipost.com/posts/8725
    चैत २९, २०८१ शुक्रबार
    राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आवश्यक: प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको विभिन्न सिसमको अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान तथा कवाज प्रदर्शन निरीक्षण गरेका छन् ।

    भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा उनले सुरक्षा परिवेश गतिशील, बहुआयामिक र चुनौतीपूर्ण भएको बेला नेपालको राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकता रहेको बताए ।

    प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षाका साथै विपद् जोखिम न्यूनीकरण र शान्ति सेनाका माध्यमबाट सेनाले दिएको योगदानको सराहना गरे । त्यस अवसरमा उनले उत्कृष्ट पदिक र अधिकृतलाई पुरस्कार स्वरुप खुकुरी प्रदान गरेका थिए ।

    कार्यक्रममा प्रथम महिला राधिका शाक्य, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानसेनापति अशोकराज सिग्देललगायत सहभागी थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij