मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

आम सहमतिका आधारमा संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ


  • 244
    SHARES
  • https://indrenipost.com/posts/8728
    चैत २९, २०८१ शुक्रबार
    आम सहमतिका आधारमा संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सकेसम्म आम सहमतिका आधारमा संविधान संशोधन हुने बताएका छन् । शुक्रबार रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै गुरुङले संविधान संशोधन सबैको दायित्व र अपनत्वको विषय होस् भन्ने आफूहरूले चाहेको र यसका लागि अधिकतम सहमति खोज्ने बताए ।


    मन्त्री गुरुङले दुईतिहाई दम्भमा संविधान संशोधन गर्न खोजेको भन्ने कुरामा कुनै सत्यता नरहेको उल्लेख गरे । कांग्रेस–एमालेबीच कार्यदल बनाएर करिब १० वर्षको अवधिमा संविधान कार्यान्वयन गर्दाको सबल र दुर्बल पक्षको समीक्षा गर्दै विषयहरू पहिल्याउने कार्य भइरहेको उनले बताए ।  

    गुरुङले संशोधनका लागि पहिचान भएका साझा विषयहरूलाई साझा एजेन्डा बनाउँदै प्रतिपक्षी दलहरूसँग छलफल हुने उल्लेख गरे ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij