सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

हुम्लामा स्काभेटर दुर्घटना हुँदा २ जनाको मृत्यु

  • 208
    SHARES
  • https://indrenipost.com/posts/8739
    बैशाख १, २०८२ सोमबार
    हुम्लामा स्काभेटर दुर्घटना हुँदा २ जनाको मृत्यु

    हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–२ लोती भन्ने स्थानमा स्काभेटर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा चंखेली गाउँपालिका–२ का ४५ वर्षीय परबल कामी र ३१ वर्षीय अर्जुन कामी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख एवम् डिएसपी शंकर पोखरेलले जानकारी दिए ।

    स्काभेटर मुगु छायाँनाथ नगरपालिका–१४ का नन्दलाल बडुवालको रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । गएराति भएको दुर्घटनामा स्काभेटर चालकको अवस्था भने सामान्य छ । अनुसन्धानका लागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


    स्काभेटर सडकबाट करिब १ सय मिटर तल खसेको छ । घटनास्थल मिमी प्रहरी चौकीभन्दा करिब १ घण्टा र मेल्छाम प्रहरी चौकीभन्दा करिब ३० मिनेटको दुरीमा पर्दछ ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij