मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

जनमोर्चाले भन्यो शिक्षा ऐन निर्माण नगर्नु सरकारको गैरजिम्मेवारपना   


  • 811
    SHARES
  • https://indrenipost.com/posts/8756
    बैशाख ४, २०८२ बिहीबार
    जनमोर्चाले भन्यो शिक्षा ऐन निर्माण नगर्नु सरकारको गैरजिम्मेवारपना   

    काठमाडौँ । राष्ट्रिय जनमोर्चाले शिक्षकहरूसँग यसअघि नै भएको सहमति बमोजिम शिक्षा ऐन निर्माण नगर्नु सरकारको गैरजिम्मेवारपन भएको उल्लेख गरेको छ । शिक्षकहरूको माग न्यायपूर्ण रहेका भन्दै सो पार्टीले सरकारले पहिले शिक्षकहरूसित गरेको सम्झौताअनुसार शीघ्र शिक्षा ऐन बनाउनुपर्नेमा जोड दिएको छ । 

     
    आन्दोलनको कारण देशभरि नै विद्यार्थीहरूको भर्ना, पठनपाठन, कतिपय परीक्षा वा पहिले परीक्षा भएका कापीहरूको जाँच गर्ने काममा समेत बाधा पुगेको भन्दै पार्टीले यसको कारक सरकार नै भएको जिकिर गरेको छ ।  पहिले त त्यसले शिक्षकहरूसित भएका सम्झौता अनुसार शिक्षा ऐनको निर्माण गरेन । अब शिक्षकहरू सङ्घर्षमा उत्रेपछि उनीहरूका मागहरूप्रति पनि सरकार गम्भीर भएको छैन । त्यसबाट शिक्षकहरूलाई ठुलो कष्ट पुग्नुका साथै सम्पूर्ण शिक्षाप्रणाली नै ध्वस्त हुने सम्भावना पैदा भएको छ, विज्ञप्तिमा उल्लेख छ । 

     
    राष्ट्रियजनमोर्चाले देशका सम्पूर्ण  जनतासित शिक्षकहरूका मागहरू पूरा गराउन सरकारमाथि जनदवावको सिर्जना गर्न अपिल समेत गरेको छ । 

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij