मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

कांग्रेसले भन्यो प्रचण्डले भनेर सरकार ढल्दैन


  • 235
    SHARES
  • https://indrenipost.com/posts/8760
    बैशाख ४, २०८२ बिहीबार
    कांग्रेसले भन्यो प्रचण्डले भनेर सरकार ढल्दैन

    काठमाडौं। नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलका नेताले भन्ने बितिक्कै सरकार नढल्ने स्पष्ट पारेको छ । केही दिन अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा सरकार ढल्ने दावीको खण्डन गर्दै कांग्रेसले उनलाई जवाफ दिएको हो ।

    ‘प्रमुख प्रतिपक्षी दलले त सरकारको प्रतिपक्षमा भएको हुनाले सरकार ढलिहालोस् भन्ने स्वभाविक धर्म नै हो,’ बैठक पछि कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले भने,  ‘उहाँ प्रचण्डले भनेको कुरामा टिप्पणी छैन । उहाँले के भन्नुहुन्छ भन्ने आधारमा सरकार बन्ने र ढल्ने हुँदैन ।’

    कांग्रेस र एमाले बिचको गठबन्धनमा समस्या भइरहेको अवस्थामा आज सभापति शेरबहादुर देउवाले पदाधिकारी र मन्त्रीहरूको संयुक्त बैठक राखेर छलफल गरेका थिए । प्रचण्डले ओली सरकार ढाल्न कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफू तयार रहेकोसमेत बताएका थिए।
     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij