मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

अध्यक्ष लिङ्देनसहित राप्रपाका सात नेता रिहा


  • 226
    SHARES
  • https://indrenipost.com/posts/8799
    बैशाख ७, २०८२ आइतबार
    अध्यक्ष लिङ्देनसहित राप्रपाका सात नेता रिहा

    काठमाडौँ । निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित सात नेतालाई प्रहरीले रिहा गरेको छ । सिंहदरबार र बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

    अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ज्ञानबहादुर शाही, युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललगायतलाई नियन्त्रणमा लिइ अहिले छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिP ।

    उनले भने, “निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा अध्यक्ष लिङ्देनसहित सात जनालाई नियन्त्रणमा लिएका थियौँ । अहिले सबै जनालाई रिहा गरिएको छ ।”

     
     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij