मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

प्रचण्डले भने, ‘माओवादी सिद्धियो भन्दै जहिले अपमान गर्नेलाई हामी उठेर आउँछौँ’ 


  • 181
    SHARES
  • https://indrenipost.com/posts/8819
    बैशाख ९, २०८२ मंगलबार
    प्रचण्डले भने, ‘माओवादी सिद्धियो भन्दै जहिले अपमान गर्नेलाई हामी उठेर आउँछौँ’ 

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले पनि दुई तिहाइभन्दा धेरै जनमत कम्युनिष्टहरूको पक्षमा रहेको दाबी गरेका छन् । कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिस्ट पार्टीले राम्रो काम गरिदिउन् भन्ने जनताको चाहना भएको बताए । उनी कम्युनिस्ट आन्दोलन टुटफुट, घात प्रतिघात र विभाजनको शृङ्खलाबाट अघि बढेको भन्दै चिन्तित देखिए ।

    दाहालले भने, ‘अहिले कम्युनिस्ट आन्दोलनमा सही सङ्गठन र संस्कार, कार्यशैलीको आधारमा कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नु पनि आज सङ्कल्प गर्नुपर्ने दिन हो ।’ उनले अबको समाजवादी क्रान्तिको नेतृत्व गर्ने र त्यसको वैचारिक दृष्टिकोणले सबै सच्चा कम्युनिष्टहरूलाई एकताबद्ध गर्ने जिम्मेवारी आफूहरूकै काँधमा भएको जिकिर गरे ।

    प्रचण्डले थपे, ‘यो कुनै अहंकारको कुरा होइन, यो ऐतिहासिक सच्चाइ र तथ्यको कुरा हो । अहिले हामीले जे गरिरहेका छौँ । प्रतिक्रियावादी र अवसरवादीहरूले हामीलाई जहिले पनि अपमानित गर्ने, सिद्धियो माओवादी भनेर घोषणा गर्छन्, तर हामी उठेर आउँछौँ । जनयुद्धको बेलामा पनि त्यस्तै घोषणा गरेका थिए । तर, हामीले जनयुद्ध सफल बनाएर यहाँसम्म आइपुगेका छौँ ।’

    उनले विगतका कमीकमजोरीलाई सच्याएर जनताको बीचमा जाने संकल्प गर्नु नै सच्चा कम्युनिस्ट भएको जिकिर गरे । उनले माओवादी अरू पार्टीभन्दा फरक रहेको दाबी गरे ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij