मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

प्रधानमन्त्रीले शिक्षकहरुको मागलाई कुल्चिए : पूर्वप्रधानमन्त्री खनाल 


  • 298
    SHARES
  • https://indrenipost.com/posts/8823
    बैशाख ९, २०८२ मंगलबार
    प्रधानमन्त्रीले शिक्षकहरुको मागलाई कुल्चिए :  पूर्वप्रधानमन्त्री खनाल 

    काठमाडौँ । पूर्वप्रधानमन्त्री भलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूको मागलाई कुल्चिएर हिँडिरहेको आरोप लगाएका छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै खनालले कम्युनिस्ट पार्टीका नेता प्रधानमन्त्री भएको बेलामा शिक्षकहरू सडकमा रहेको र शिक्षकका मागहरू कुल्चिएर प्रधानमन्त्री हिँडेको आरोप लगाएका हुन् । 

    उनले सरकारको मन्त्रीले राजीनामा दिनु झनै दुःखद भएको बताए । उनले अहिलेका नेतृत्वहरूसँग जनता रिसाएको र रिसाएका जनताले के गर्छन् भन्ने कुरा सोच्न नसकिने बताए ।  पूर्वप्रधानमन्त्री खनालले भने, ‘कम्युनिस्ट पार्टीका एउटा नेता यो देशको प्रधानमन्त्री छन् । यो देशका झन्डै अढाई लाख शिक्षकहरू अहिले आन्दोलनमा छन् । सडकमा छन् । तर ती शिक्षकहरूको मागलाई कुल्चिएर यो देशको प्रधानमन्त्री हिँडेका छन् । अझ आश्चर्यको कुरा के छ भने यही क्याबिनेटको शिक्षामन्त्रीले राजीनामा दिन विवश हुनुपरेको छ । उनी शिक्षकहरूको माग अलिकति सम्बोधन गरौँ भन्ने, प्रधानमन्त्री नटेर्ने, त्यो बाध्यतामा शिक्षामन्त्रीले राजीनामा दिनुपर्‍यो । हामीले शिक्षामा प्रगतिशील परिवर्तन गर्छौँ भनेका थियौँ । कुरा कहाँ गयो ।’

     पूर्वप्रधानमन्त्री खनालले नेकपा माओवादी केन्द्र अवसरवादी पार्टी भएको उल्लेख गरे। केही दिनअघिसम्म कांग्रेसको पिठ्युँमा चढेर माओवादीले घमण्ड गरिरहे पनि अहिले क्रान्तिकारी कुरा गरिरहेको बताए । उनले काँग्रेसको बुई चढेर अहिले एमाले आगामी निर्वाचनमा पनि बहुमत ल्याउने घमण्ड गरिरहेको पनि बताए । उनले अहिलेका नेतृत्वहरूसँग जनता रिसाएको र रिसाएका जनताले के गर्छन् भन्ने कुरा सोच्न नसकिने बताए । 
     
    पूर्वप्रधानमन्त्री खनालले भने, ‘हामीले जबसम्म एउटा लक्ष्य प्राप्त गर्ने सङ्कल्पबद्ध रूपमा संगठन निर्माण गर्न सक्दैनौँ, तबसम्म क्रान्ति हुन सक्दैन । अहिले संघर्ष अनिवार्य छ । हामीले नगर्दा पनि संघर्ष सुरु भइसकेको छ । शिक्षक, विभिन्न आन्दोलनहरू भइरहेका छन् यसलाई नेतृत्व गर्ने नेता देशमा छैन । कम्युनिस्ट आन्दोलन कस्तो भयो रु नेकपा एमाले भन्ने सबैभन्दा ठुलो पार्टी हामी अर्को पटक पनि जित्छौँ, बहुमत ल्याउँछौँ भनेर घमण्ड गरिरहेको छ । तर त्यो घमण्डको कुरा नेपाली काँग्रेसको पिठ्युँमा बसेर बोल्छ ।’

     उनले थपे, ‘दलाल पुँजीपति वर्गको पार्टीको पिठ्युँमा बसेर बोल्छ । जो सुधारवाद बाहेक केही पनि जान्दैन । यो घोर दक्षिणपन्थी कुरा हो । एउटा माओवादी पार्टी छ, जो अस्ति भर्खरसम्म काँग्रेसकै पिठ्युँमा बसेर कराइरहेको थिए हाम्रा कमरेड प्रचण्ड । त्यो पिठ्युँ अहिले चिसो भएकै छैन, तातो पिठ्युँमा गएर केपी ओली बसेका छन् । अनि अहिले बाहिर आएर अलिकति कुराहरू गर्न थालेका छन् । अलि क्रान्तिकारी कुरा गर्न थालेका छन् बाहिर आएपछि । यो पनि परीक्षण गर्नुपर्ने कुरा छ । अवसरवाद पो हो की रु हाम्रो नै कुरा गर्दा पनि एक दुई वटा मन्त्रालय पाउँदा हामी पनि गयौँ । त्यो मन्त्रालय प्राप्त गरेर हाम्रो पार्टीले के पायो  सबैले मूल्यांकन गरौँ त । यी सबैको  समीक्षा गर्नुपर्छ । ’

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij