मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

कान्छाराम तामाङले भने, ‘अब बर्खास्त हुने पालो केपी ओलीको हो’ 


  • 352
    SHARES
  • https://indrenipost.com/posts/8835
    बैशाख १०, २०८२ बुधबार
    कान्छाराम तामाङले भने, ‘अब बर्खास्त हुने पालो केपी ओलीको हो’ 

    काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीको पनि बर्खास्तीको पालो आउने बताएका छन् । ऊर्जा राज्यमन्त्रीको जिम्मेवारीबाट बुधबार हटाइएपछि उनले अब प्रधानमन्त्री ओलीको बर्खास्तीको पालो आउने बताएका हुन् ।

    ‘अब हामी केपी ओलीलाई नै प्रधानमन्त्रीबाट बर्खास्त गर्नेतर्फ लाग्छौँ । उहाँले पनि जीवनभर प्रधानमन्त्री खाने होइन,’ नेपाली कांग्रेस रामेछापका सभापतिसमेत रहेका तामाङले भने, ‘मलाईं उहाँले जसरी बर्खास्त गर्नुभयो, अब बर्खास्त हुने पालो उहाँको हो । यो अभियानमा लाग्छु ।’ पदबाट बर्खास्त गरिनुअघि उनलाई गृहमन्त्री रमेश लेखकले राजीनामा दिन आग्रह गरेका थिए । तर, उनले प्रधनमन्त्री ओलीले भन्दैमा राजीनामा नदिने अडान राखेका थिए ।

    ‘दिउँसो गृहमन्त्री रमेश लेखकले मलाईं फोन गर्नुभयो । प्रधानमन्त्री ओलीले राजीनामा दिन भन्नु भएको छ, तपाईं राजीनामा दिनुस् भन्नुभयो,’ तामाङले भने, ‘जवाफमा मैले मलाई ओली र एमालेले मन्त्री बनाएको होइन, उहाँले भनेको आधारमा मैले कसरी राजनीमा गर्ने भन्दै प्रश्न गरेँ ।’

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij