मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

जनमत र नाउपा एकता हुने भयो वैशाख १७ गते 


  • 865
    SHARES
  • https://indrenipost.com/posts/8851
    बैशाख ११, २०८२ बिहीबार
    जनमत र नाउपा एकता हुने भयो वैशाख १७ गते 

    काठमाडौं ।  जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टीसँग एकता घोषणाको तयारी भइरहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जनमत र नागरिक उन्मुक्तिबीच एकता घोषणाको तयारी भइरहेको बताएका हुन् । 

    ‘जनताको भावना र आकांक्षा एकता भएकोले हामी एकताको लागि अगाडि बढने नै छौँ । एकता हुन्छ नै,’ अध्यक्ष राउतले लेखेका छन्, ‘यही वैशाख १७ गते जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच घोषणाको तयारी गर्दैछौँ ।’ उनले जनमत र नागरिक उन्मुक्तिबीच एकता हुन लागेपछि धेरै पार्टी र शक्तिहरूको निन्द्रा उडेको पनि दाबी गरेका छन् । 

    ‘धेरै  पार्टी र शक्तिहरूको अहिले निद्रा उडेको छ । किन कि आन्दोलन र जनताको बीचबाट आएको, जनताको पक्षमा काम गर्ने, एउटा नयाँ शक्तिशाली पार्टी नेपालमा उदय हुने क्रममा छ,’ उनको भनाइ छ, ‘नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता हुँदैछ ।’ राउतले दुई दलबीच एकता हुन नदिन षड्यन्त्र भइरहेको पनि उल्लेख गरेका छन् । ‘तर हामीलाई शक्तिशाली देख्न नचाहने तत्वहरूले हामीलाई जनमत र नाउपा दुइटैलाई  तहस–नहस गर्नका लागि विगत ७  ८ महिनादेखि कुनै कसर बाँकी राखेका छैनन्,’ उनले लेखेका छन् । 

    अध्यक्ष राउतले परिवारमा झगडा गराउनेदेखि आफूलाई ज्यान मार्ने धम्की र रेशम चौधरीलाई फेरि पक्राउ गराइदिने धम्की दिएर एकता हुन नदिने प्रपञ्च भइरहेको पनि बताएका छन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij