काठमाडौं । नेकपा एमालेका सांसद तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यन्वयन समितिका सभापति ठाकुर गैरेले पूर्व राजा ज्ञानेन्द्रको नामबाट जारी भएको विज्ञप्तिमा श्री ५ महाराजाधिराज भनेर उल्लेख भएकोमा सरकारको जवाफ मागेका छन् ।
प्रतिनिधि सभाको आइतवारको बैठकमा आकस्मिक समयमा बोल्दै सभापति गैरेले नेपालको संविधानले श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव भन्ने व्यक्ति र संस्था नचिन्ने बताए । उनले संवाद सचिव फणिराज पाठकमार्फत वैशाख १३ गते जारी भएको विज्ञप्तिबारे प्रश्न उठाएका हुन् ।
सांसद गैरेले यस्तो संविधान र कानूनले मान्यता नदिएको ओहोदाको वक्तव्य जारी गर्ने ज्ञानेन्द्र शाह र फणिराज पाठकमाथि तत्काल कानून बमोजिम कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए ।