मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

एमालेका उपमहासचिव ज्ञवालीले भने, शिक्षक साथीहरू खल्तीमा सलाईको बट्टा बोकेर हिँड्नेसँग जोगिनुस्’


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/8893
    बैशाख १५, २०८२ सोमबार
    एमालेका उपमहासचिव ज्ञवालीले भने, शिक्षक साथीहरू खल्तीमा सलाईको बट्टा बोकेर हिँड्नेसँग जोगिनुस्’

    काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले खल्तीमा जहिल्यै सलाईको बट्टा बोकेर हिँड्ने र मौका पाउनासाथ आगो झोसेर रोटी सेकाउन खोज्ने प्रवृत्तिसँग जोगिन आन्दोलनरत शिक्षकहरूलाई आग्रह गरेका छन्।

    सामाजिक सञ्जाल फेसबुकमा सोमबार एक स्टाटस लेख्दै ज्ञवालीले आन्दोलन सुरू गर्दाको राप र ताप सेलाउँदै गएको र अभिभावक अधैर्य हुँदै गएको भन्दै छिटो समाधानमुखी उपाय पहिल्याउन सरोकारवालाको ध्यानकर्षण गराएका छन्।

    ‘शिक्षक साथीहरूलाई एउटै आग्रह छ– खल्तीमा जहिल्यै सलाईको बट्टा बोकेर हिँड्ने र मौका पाउनासाथ आगो झोसेर रोटी सेकाउन खोज्ने प्रवृत्तिसँग होशियार हुनुहोस्। आन्दोलन सुरू गर्दाको राप र ताप सेलाउँदै गएको छ र अभिभावकहरू अधैर्य हुँदै गइरहेका छन्। यसबाट लाभान्वित भइरहेको एउटै पक्ष हो– निजी विद्यालय,’ उनले भने।

    अब पनि आन्दोलनको स्वरुप नबदल्ने हो भने र ‘निर्णायक धक्का’ को भ्रममा बसिरहने हो भने र ‘बंगलादेश बनाइदिन्छौं भन्दै जाने हो भने थप क्षति पुग्ने निश्चित भएको उपमहासचिव ज्ञवालीकाे भनाइ छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij