मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

राष्ट्रपतिले वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने 


  • 244
    SHARES
  • https://indrenipost.com/posts/8900
    बैशाख १५, २०८२ सोमबार
    राष्ट्रपतिले वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने 

     काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनको बैठकलाई सम्बोधन गर्ने भएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त कुरा बताएका हुन् । 

    सञ्चार मन्त्री  गुरुङका अनुसार राष्ट्रपति पौडेलले दिउँसो तीन बजे सङ्घीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने छन् ।  मन्त्री, सचिव र केही आयोगका व्यक्तिहरूको विदेश भ्रमण समेत मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको  उनले बताए । 

    आजको बैठकमा शिक्षक आन्दोलनको बारेमा कुनै निर्णय नभएको समेत उनले बताए । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij