मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच आज एकीकरण हुँदै 


  • 262
    SHARES
  • https://indrenipost.com/posts/8911
    बैशाख १७, २०८२ बुधबार
    जनमत र नागरिक उन्मुक्ति पार्टीबीच आज एकीकरण हुँदै 

     
    काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच बुधबार पार्टी एकताको घोषणा हुँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजे पार्टी एकताको घोषणा गरिने बताइएको छ ।

    जनमत र नागरिक उन्मुक्ति पार्टी एकीकरण पछि पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ रहनेछ । जसको संरक्षकमा उन्मुक्ति पार्टीका रेशम चौधरी रहने छन् भने जनमतका सीके राउत अध्यक्ष र नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ सहअध्यक्ष रहने सहमति भएको छ । एकता पछिको नयाँ पार्टीको चुनाव चिह्न ढकिया हुनेछ ।

    सहमति अनुसार मर्यादाक्रममा क्रमशः चौधरी, राउत र श्रेष्ठ रहनेछन् भने २५ सदस्यीय केन्द्रीय पदाधिकारी, ५१ सदस्यीय केन्द्रीय कार्यसमिति र दुवैतर्फबाट ३५०र३५० गरी कम्तिमा ७ सय केन्द्रीय सदस्य रहने छन्  ।

    एकीकरण पछि प्रतिनिधिसभामा एकीकृत पार्टीमा जनमतका ६ र नागरिक उन्मुक्ति पार्टीका चार गरी १० सांसद हुने छन् ।
    दुई पार्टीको एकतापछि मधेश र थरुहट क्षेत्रमा बलियो शक्ति बन्ने नेताहरूको दाबी छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij