मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

नयाँ क्रान्तिका लागि तयारी अवस्थामा रहन प्रचण्डको अपिल 


  • 199
    SHARES
  • https://indrenipost.com/posts/8929
    बैशाख १८, २०८२ बिहीबार
    नयाँ क्रान्तिका लागि तयारी अवस्थामा रहन प्रचण्डको अपिल 

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि नयाँ क्रान्ति गर्न तयारी अवस्थामा रहन अपिल गरेका छन् । एक सय ३६ औँ मे दिवसको अवसरमा बिहीबार काठमाडौँमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्रान्तिका लागि तयारीसाथ बस्न नेता तथा कार्यकर्तालाई अपिल गरेका हुन् । 

    अबको आन्दोलन शान्तिपूर्ण हुने तर राज्यले दमन गरे दुनियाका कुनै शक्तिले रोक्न नसक्ने प्रचण्डको जिकिर थियो । 
    ‘हामीले फेरि नयाँ क्रान्तिको तयारी गर्नैपर्छ । त्यो क्रान्ति शान्तिपूर्ण हुन्छ । यदि शान्तिपूर्ण आन्दोलनलाई दमन गर्न खोजिए दुनियाका कुनै तागतले रोक्न सक्दैन । नेपालमा पनि रोक्न सक्दैन’, उनले भने, ‘अहिले व्यवस्थालाई उल्ट्याउने षड्यन्त्र भइराखेको छ । यस्तो बेला हामी चुप लागेर बस्न सकिँदैन । अहिले ठुलो संघर्षमा स्थापित व्यवस्थालाई उल्लट्याउने जुन चेष्टा भइरहेको छ, त्यसलाई सबै मिलेर परास्त गर्नुपर्छ । फेरि एकचोटी ठुलो आन्दोलन गर्नुपर्ने अवस्था आएको छ ।’


     उनले जनताका तागतका साथ एकजुट भएर लागेमा आफूले भनेजस्तै संविधान संशोधन गर्न सकिने बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी शासकीय स्वरुप नै अहिलेको आवश्यकता भएको प्रचण्डले जोड दिए ।  कम्युनिस्ट पार्टीको नेतृत्वमा मजदुर, श्रमिक र कृषकका हितमा जनयुद्ध भएको भन्दै उनले माओवादी जनयुद्ध र जनआन्दोलनको मिश्रणमा श्रमिकहरुको हकअधिकार संविधानमा राख्न सम्भव भएको बताए । यद्यपि संविधानले भने अनुसार श्रमिक, मजदुरले हकअधिकार नपाएकोमा आत्मसमीक्षा गर्नुपर्ने उनको भनाइ छ ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij