काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्नेछ ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम शुक्रबार संसदमा प्रस्तुत गरेपछि पार्टीको धारणा बनाएर संसदको छलफलमा सहभागी हुनका लागि बैठक बोलाइएको जनाइएको छ ।सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा सोमबारदेखि संसदमा निरन्तर छलफल हुनेछ ।
यस्तै नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।बैठकमा समसामयिक विषयमा छलफल हुने सचेतक बर्तौलाले जानकारी दिए ।