आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग


  • 208
    SHARES
  • https://indrenipost.com/posts/9084
    बैशाख ३०, २०८२ मंगलबार
    रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

     काठमाडौं । रारा नियमित पर्यटक बस सेवा सञ्चालन गर्ने उद्देश्यले आयोजित पर्यटन व्यवसायीहरूको रारा भ्रमणका क्रममा सोमबार मुगुको सल्लेरीमा गरिएको अन्तरक्रियाका वक्ताहरूले स्थानीय तहमा पर्यटन सेवा प्रवाहमा गुणस्तर अभिवृद्धि गरिनुका साथै तालिम, प्रशिक्षण र स्तरीय होटल पूर्वाधारका लागि थप सहयोग आवश्यक रहेको औँल्याएका छन् ।

    कार्यक्रममा स्थानीय छत्र साउदले रारालाई प्राथमिकता दिएकोमा आभार व्यक्त गर्दै यसले स्थानीय जीवनस्तर र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । राराका होटल व्यवसायी देवीकृष्ण रोकायाले स्थानीय तहमा पर्यटन सेवा प्रवाहमा गुणस्तर अभिवृद्धि आवश्यक रहेको बताए । उनले तालिम, प्रशिक्षण र स्तरीय होटल पूर्वाधारका लागि थप सहयोग आवश्यक रहेको बताए ।

    बोर्डका वरिष्ठ निर्देशक हिकमत सिंह ऐरले उत्कृष्ट गन्तव्य रारा संरचनागत रूपमा धेरै विकास भइसकेको बताए । नियमित हवाई उडान र सडक सञ्जालले रारालाई सुगम बनाएको र पाहुना व्यवस्थापनका लागि भरपर्दो व्यवस्था रहेको बताए । रारा इको–टुरिज्म र चलचित्र छायाङ्कन लागि उत्कृष्ट गन्तव्य भएकाले विश्वभरका पर्यटकलाई रारा लैजान पहल गर्नुपर्नेमा निर्देशक ऐरको जोड छ ।

    टीवानका अध्यक्ष भीष्म न्यौपानेले रारा क्षेत्रमा पर्यटक बस सञ्चालन गर्दा केही चुनौती भएता पनि सङ्घ तयार रहेको बताए । उनले सडक छेउका होटल व्यवस्थित गर्न र स्थानीय बासिन्दामा हस्पिटालिटी सेवामा सुधार ल्याउन आवश्यक भएको बताए ।

    काठमाडौं–रारा नियमित पर्यटक बस सेवा सञ्चालन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको सहकार्यमा पर्यटक बस व्यवसायी सङ्घ नेपाल टीवानका २२ जना सदस्यहरूको टोलीले रारा क्षेत्रको अवलोकन भ्रमण सम्पन्न गरेको हो । उक्त टोलीम बोर्ड, पर्यटक बस व्यवसायी, स्थानीय समुदाय, मुगुका होटल व्यवसायी, रारा राष्ट्रिय निकुञ्जका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिलगायको सहभागिता थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij