शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

प्रधानमन्त्रीले भने, ‘नेपाल र चीनबीच भएका सम्झौता कार्यान्वयनमा जोड दिऔं’ 


  • 199
    SHARES
  • https://indrenipost.com/posts/9115
    जेठ १, २०८२ बिहीबार
    प्रधानमन्त्रीले भने, ‘नेपाल र चीनबीच भएका सम्झौता कार्यान्वयनमा जोड दिऔं’ 

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा चिनियाँ टोलीले यही जेठ २ गतेदेखि काठमाडौँमा हुने सगरमाथा संवादको सफलताको कामना गर्दै नेपाल र चीनबीचको लामो र मित्रवत् सम्बन्धलाई अझ अभिवृद्धि गर्न उच्च प्राथमिकताका साथ तत्परता देखाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    टोली नेता सिआओले नेपालको विकास र समृद्धिका लागि चिनियाँ नेतृत्वको शुभेच्छा रहेको अवगत गराउँदै गत डिसेम्बरमा प्रधानमन्त्री ओलीबाट भएको चीनको औपचारिक भ्रमण सफल रहेको स्मरण गरे। प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो समयदेखि मित्रवत, समस्यारहित घनिष्ट एवं हार्दिक सम्बन्ध रहिआएको उल्लेख गर्दै विकास र प्रविधिका क्षेत्रमा चीनले तीव्र रूपमा गरेको प्रगति र त्यसको विश्वभर परेको प्रभावको सराहना गरे ।

    प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चीनफिङको पछिल्लो नेपाल भ्रमणको स्मरण गर्दै उक्त भ्रमण बहुआमिक र ऐतिहासिक रहेको उल्लेख गरे। उनले नेपाल एक चीन नीतिप्रति पूर्णप्रतिबद्ध रहेको दोहोर्याउँदै दुई देशबीच यसअघि भएका सम्झौता कार्यान्वयनका लागि दुवै देशका तर्फबाट अग्रसरता लिनुपर्नेमा जोड दिए ।

    भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि चिनियाँ राजदूत चन सोङ र चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओली, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी थिए।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij