आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

गृहमन्त्रीमाथि उच्चस्तरीय छानबिन आयोग नबनेसम्म संसद चल्न नदिने रास्वपाको घोषणा


  • 316
    SHARES
  • https://indrenipost.com/posts/9256
    जेठ १३, २०८२ मंगलबार
    गृहमन्त्रीमाथि उच्चस्तरीय छानबिन आयोग नबनेसम्म संसद चल्न नदिने रास्वपाको घोषणा

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रीमाथि छानविन गर्न उच्चस्तरीय छानबिन आयोगको माग गरेको छ । आज संसद वैठकमा रास्वपाले सो माग गरेको हो ।

    रास्वपा सांसद शिशिर खनालले आयोग गठन नभएसम्म संसद चल्न नदिने घोषणा गरे । खनालले राजनीतिक संरक्षणमा नै विमानस्थलमा लुटको धन्दा चलाइएको आरोप लगाए । उनले विवादित पृष्ठभूमिको सहसचिवलाई गृहमन्त्रीले किन अध्यागमनमा पठाएको रु त्यहाँ गृहमन्त्रीको पनि स्वार्थ जोडिएको हुनसक्ने भएकाले अनुसन्धान हुनुपर्ने बताए ।

    उनले भने, ‘कुनै निकायले प्रमाण जुटाउँदैछ भने प्रमाण जुटाउन दिने कि प्रमाण नष्ट गर्न उसलाई सरुवा गर्ने रु अनुसन्धान कर्मचारीमात्रै नभई गृहमन्त्रीको पनि गर्नुपर्छ । तर, प्रहरीबाट हुने अनुसन्धानमा हामीलाई शंका छ । विगतमा नक्कली भुटानी शरणार्थी प्रकरण दबाइएको छ । सहकारीको मुद्दामा रवि लामिछानेलाई तीन महिनामा हिरासतमा राखियो तर सत्ता पक्षका सांसदहरूलाई बोलाएर चिया खुवाएर पठाएको छ। अनि हामीले कसरी विश्वास गर्ने निष्पक्ष हुन्छ भनेर ?’

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij