शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

प्रधानमन्त्री ओलीलाई अध्यक्ष लिङ्देनको आरोप–१५ जेठको कार्यक्रमलाई  प्रधानमन्त्रीले भड्काउन खोजे


  • 757
    SHARES
  • https://indrenipost.com/posts/9262
    जेठ १३, २०८२ मंगलबार
    प्रधानमन्त्री ओलीलाई अध्यक्ष लिङ्देनको आरोप–१५ जेठको कार्यक्रमलाई  प्रधानमन्त्रीले भड्काउन खोजे

     

     काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले १५ जेठको पार्टीको कार्यक्रमलाई प्रधानमन्त्रीले भड्काउन खोजेको आरोप लगाएका छन् । मंगलबार सम्पादकहरूसँगको छलफलमा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । ‘प्रधानमन्त्री हाम्रो १५ जेठको कार्यक्रमलाई भड्काउन खोज्दै छन् । गलत भनाइ सच्याउने वा प्रधानमन्त्रीले नै राजीनामा दिनुपर्ने स्तरको अभिव्यक्ति प्रधानमन्त्री ओलीबाट आयो,’ उनले भने ।

    संविधानले दिएको स्वतन्त्रता सरकारले कुन्ठित गर्न खोजेको उनको आरोप छ । ‘हामीले रत्नपार्कबाट कार्यक्रम गर्ने भन्दा प्रधानमन्त्रीको दलले त्यहीँ नजिकै कार्यकर्ता बोलाएर भिडाउन खोजेका छन् । पत्रकारहरूले यसमा निष्पक्ष भएर समाचार सम्प्रेषण गरिदिनु पर्‍यो,’ लिङ्देनले भने ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij