शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

कांग्रेस सांसद बजगाईले भने, ‘शशांकले तीनवटा गाडी र रोलेक्स घडी घुस लिए, स्पष्टीकरण सोध्नुपर्छ’


  • 1.4K
    SHARES
  • https://indrenipost.com/posts/9263
    जेठ १३, २०८२ मंगलबार
    कांग्रेस सांसद बजगाईले भने, ‘शशांकले तीनवटा गाडी र रोलेक्स घडी घुस लिए, स्पष्टीकरण सोध्नुपर्छ’

     
    काठमाडौँ । नेपाली कांग्रेस सांसद राजेन्द्र बजगाईंले पार्टीका सांसद तथा पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई स्पष्टीकरण सोध्नुपर्ने माग गरेका छन् ।शशांकले ३ वटा गाडी, सुनको रोलेक्स घडी र पैसा घुस वापत् लिएको आरोप लगाउँदै सांसद बजगाइँले उनलाई स्पष्टीकरण सोधिनुपर्ने बताए ।

    सोमबार सामाजिक सञ्जालमा उनले लेखेका छन्( ‘म चाहँदैनथेँ कि मलाई किया र दुईवटा महिन्द्राजस्ता एसयूभी उपहारहरू, सुनको रोलेक्स घडी, नगदले भरिएका डफेल झोलाहरू, तथाकथित ‘घरको जीर्णोद्धार’ वा राजनीतिक पदहरूको सौदाबाजीबारे प्रश्न उठाउनुपरोस् । तर याद राख्नुहोस्, स्पष्टीकरण तपाईंलाई सोधिनै पर्नेछ,’ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको नाम मुछिएपछि बजगाईंसहित कांग्रेसकै केही नेताहरुले उनले राजीनामा दिनुपर्ने बताएका थिए ।

    सोमबार पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा शशांकले मन्त्रीहरूमाथि प्रश्न उठाउने नेताहरूलाई स्पष्टीकरण सोध्नुपर्ने बताएका थिए । शशांकले सांसदहरू डा. शेखर कोइराला, डा. सुनील शर्मा र बजगाईंलाई स्पष्टीकरण सोध्नुपर्ने माग गरेका थिए । तर सांसद बजगाईंले घुस लिएको आरोप लगाउँदै स्पष्टीकरण उल्टै शशांकलाई सोध्नुपर्ने बताएका हुन् ।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि प्रश्न उठेपछि पार्टीकै केहि नेताहरुले उनलाई हटाउनुपर्ने माग राखेका छन् भने कोही उनको बचाउमा उभिएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij