काठमाडौं । नेकपा (माओवादी केन्द्र.)का उपाध्यक्ष एवम पार्टी प्रवक्ता अग्नि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली मानसिक अस्पतालमा भर्ना गर्नुपर्ने अवस्थाम पुगिसकेको बताएका छन् । महान सहिद कृष्ण सेन इच्छुकको २३ औँ स्मृति दिवसमा अवसरमा प्रेस सेन्टर नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले माओवादी लक्षित गरेको टिप्पणीको जवाफ दिदैँ पार्टी प्रवक्ता समेत रहेका उपाध्यक्ष सापकोटाले ओली बर्वराउन मात्रै बाँकी रहेको बताए । उनले भने ‘ओली जी अब बर्बराउन मात्रै बाँकी छ । १५ गते गणतन्त्र दिवसको दिन ११ बजेदेखि २ बजेसम्म कब्जा गर्ने भनेको के हो रु एउटा सन्तुलित दिमाखले यस्तो भन्न सक्छ रु राजाबादीलाई सघाउनका लागि माओवादीले अभियान थालेको भन्नुभएछ । हुन त मैले सुनेको छैन । यदि त्यसै भन्नुभएको हो भने उहाँलाई मानसिक अस्पतालमा उपचार गराउनुपर्छ । उहाँको हालत धेरै खराब भइसकेको छ ।’ नेता सापकोटाले अहिलेको सरकार सम्पुर्ण रुपमा असफल मात्रै नभएर प्राविधिक रुपमा पनि असफल भइसकेको दाबी गर्दै बर्तमान सरकारको दिनप्रतिनिधि साख गिरिरहेको बताए ।
माओवादी उपाध्यक्ष सापकोटाले ‘जनतासँग माओवादी–मध्यपहाडी ९पुष्पलाल० लोकमार्ग जनजागरण अभियान’मा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले अभिनन्दन गरेको बताए । उनले भने, ‘माओवादी–मध्यपहाडी ९पुष्पलाल० लोकमार्ग जनजागरण अभियान’मा काग्रेसका नेता कार्यकर्ताले सबै भन्दा धेरै अभिनन्नदन गरे । ज्ञापनपत्र बुझाए । विपीको बिचार नेपाली काग्रेसका कार्यकर्तामा कायमै रहेछ भन्ने महशुस भयो ।’