शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

राप्रपाका ३ सांसदका अंगरक्षक फिर्ता


  • 1.7K
    SHARES
  • https://indrenipost.com/posts/9279
    जेठ १४, २०८२ बुधबार
    राप्रपाका ३ सांसदका अंगरक्षक फिर्ता

    काठमाडौं। सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन जना सांसदहरूको पीएसओ (पर्सनल सेक्युरिटी अफिसर) एकै पटक फिर्ता बोलाएको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहको पीएसओलाई सरकारले एकै पटक फिर्ता बोलाएको हो ।

    राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पीएसओ खोसिएको बताए । उनले भने, ‘सरकारले पीएसओ खोसेको छ । संसदमा सबै सांसदहरू बराबर हुनुपर्थ्यो। तर भएन।’

    शाही राप्रपाका प्रमुख सचेतक, सिंह पूर्वाधार विकास समिति र प्रधान पूर्वआइजीपी रहेकोले उनीहरूलाई सरकारले पीएसओ उपलब्ध गराउँदै आएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij