आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता सम्पन्न


  • 631
    SHARES
  • https://indrenipost.com/posts/9570
    साउन ४, २०८२ आइतबार
    प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता सम्पन्न

    काठमाडौँ, ४ साउन । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय, च्यासलमा महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ।
    च्यासलमा सम्पन्न ‘वान टु वान’ भेटवार्तामा वर्तमान राष्ट्रिय राजनीतिक अवस्थालगायतका विषयमा गहन छलफल भएको बताइएको छ। भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रिय राजनीति सम्बन्धी विषयमा मात्र कुराकानी भएको स्पष्ट पारेकी छिन। अन्य विषयहरू बारे जानकारी आधिकारिक च्यानलबाट पाउने कुराको समेत जानकारी दिएकी छन।
    पूर्वराष्ट्रपति भण्डारी एमाले पार्टीकी पूर्व सदस्य समेत हुन्। उनले आफ्नो पार्टी सदस्यता पहिले नै नवीकरण भइसकेको जानकारी दिँदै अबको भूमिकामा पार्टीभित्र औपचारिक छलफल सुरू भएको बताएकी छन। पार्टीको पछिल्लो पोलिटब्यूरो बैठकमा भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशको विषयमा चर्चा गरिएको थियो। कतिपय नेताहरूले पूर्वराष्ट्रपति जस्तो पदमा रहेकाले प्रत्यक्ष राजनीतिक क्रियाशीलता उचित नहुने धारणा राखेका थिए।
    भेटवार्ताका क्रममा भण्डारीलाई एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे र पार्टी केन्द्रीय सचिव डा. भीष्म अधिकारीले स्वागत गरेका थिए । पार्टी जिम्मेवारीबाट बाहिरिएपछि भण्डारी पहिलोपटक एमाले केन्द्रीय कार्यालय पुगेकी हुन ।
    पूर्वराष्ट्रपति भण्डारीले केही समयअगाडि सार्वजनिक रूपमा पार्टी राजनीतिमा फर्किने संकेत दिएकी थिइन्। आजको भेटलाई त्यसै सन्दर्भमा महत्वपूर्ण रूपमा हेरिएको छ, जसले आगामी दिनमा एमालेभित्रको शक्ति सन्तुलन र रणनीतिमा नयाँ पाटा थप्ने अनुमान गरिएको छ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij