आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक पुनः बहिष्कार


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/9600
    साउन ७, २०८२ बुधबार
    रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक पुनः बहिष्कार

    काठमाडौँ, ७ साउनः राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसदहरूले प्रतिनिधिसभाको आजको बैठक पनि बहिष्कार गरेका छन् ।
    भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठनको माग गर्दै आएका दुवै दलले यसअघि झैं आजको बैठक प्रारम्भ भएसँगै बहिष्कार गरेका हुन् । बैठक सुरु भएपछि दुवै दलका सांसदहरू आ–आफ्ना आसनबाट उभिएर विरोध जनाउँदै बैठक बहिष्कार गरेका थिए ।
    सभामुख देवराज घिमिरेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र रास्वपाका सांसद बिन्दवासिनी कंशाकारलाई धारणा राख्न समय दिएपछि उनीहरूले आ–आफ्ना अभिव्यक्ति व्यक्त गरेका थिए। धारणा सार्वजनिक गरेपछि दुवै दलका सम्पूर्ण सांसदहरू बैठक स्थलबाट बाहिरिएका थिए ।
    भिजिट भिसा अनियमितता प्रकरणमा गम्भीर छानबिनको माग गर्दै दुवै दलको विरोध आगामी बैठकहरूमा पनि जारी रहने संकेत गरिएको छ।

  • सम्बन्धित विषय:

  • # माधवकुमार नेपाल
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij