शुक्रबार, साउन २३ गते २०८२ Aug 08 2025 Friday
images
images

गुल्मीमा अविरल वर्षाले रिडी–वामीटक्सार सडक पूर्ण अवरुद्ध, आवतजावत ठप्प


  • 280
    SHARES
  • https://indrenipost.com/posts/9777
    साउन २३, २०८२ शुक्रबार
    गुल्मीमा अविरल वर्षाले रिडी–वामीटक्सार सडक पूर्ण अवरुद्ध, आवतजावत ठप्प

    गुल्मी, २३ साउन – लगातारको वर्षाका कारण गुल्मीको प्रमुख रिडी–वामीटक्सार सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ । सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा बाढी आएपछि आज बिहानदेखि उक्त सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिएका छन ।
    डहरे खोलामा माथिबाट लेदो र बाढी आएकाले सवारीसाधन आवतजावत ठप्प भएको छ । रिडी हुँदै बागलुङको बुर्तिवाङ जाने मुख्य मार्ग बन्द हुँदा यात्रु र स्थानीयवासी समस्यामा परेका छन् । जोहाङ्ग खैरेनीबाट प्रहरी टोली घटनास्थलमा परिचालित भए तापनि निरन्तर वर्षाका कारण अवरोध हटाउन कठिन भइरहेको छ । तीन दिनअघि सोही खोलाले एक कारसमेत बगाएको थियो ।
    यस्तै, रिडी–खञ्ज्याङ सडक पनि सुक्खा पहिरोका कारण पूर्ण अवरुद्ध भएको छ । रुरुक्षेत्र गाउँपालिका–१ स्थित साँखरमा पहिरो खसेर यातायात अवरुद्ध बनेको हो । अविरल वर्षाका कारण कालीगण्डकी र बडिगाड खोलाको सतहसमेत उच्च भएको छ, जसले थप जोखिम निम्त्याएको छ ।
    जिल्ला प्रशासन कार्यालयले बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार गुल्मीमा २०० भन्दा बढी स्थान उच्च जोखिममा रहेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij