शुक्रबार, साउन २३ गते २०८२ Aug 08 2025 Friday
images
images

नेपाली सेनाद्वारा खुर्कोट बेलीब्रिज मर्मत प्रारम्भ, जोखिम न्यूनिकरणमा फड्को


  • 280
    SHARES
  • https://indrenipost.com/posts/9783
    साउन २३, २०८२ शुक्रबार
    नेपाली सेनाद्वारा खुर्कोट बेलीब्रिज मर्मत प्रारम्भ, जोखिम न्यूनिकरणमा फड्को

    मन्थली रामेछाप, २३ साउन – रामेछाप र सिन्धुली जोड्ने खुर्कोटस्थित सुनकोसी नदीमाथिको बेलीब्रिजको मर्मत कार्य नेपाली सेनाले सुरु गरेको छ । पुलमा प्रयोग गरिएका केही नटबोल्ट खुस्किएर जोखिम बढेपछि सेनाको प्राविधिक टोली परिचालन गरिएको हो ।
    महोत्तरीको बर्दिवासस्थित नेपाली सेनाको प्राविधिक टोलीले बिहीबारदेखि मर्मत कार्य थालेको हो । गत कात्तिकमा जडान गरिएको बेलीब्रिज गत असोज १२ गतेको बाढीपछि रामेछापतर्फका ५० मिटर स्पान बगाएपछि वैकल्पिक रुपमा निर्माण गरिएको थियो ।
    सडक विभाग, नेपाल विद्युत् प्राधिकरण र नेपाली सेनाको संयुक्त पहलमा जडान गरिएको यो बेलीब्रिज प्रयोगमा आएपछि यातायात चाप बढेको थियो । यसका कारण पुलमा हल्लिने, लच्किने र नटबोल्ट खुस्कने समस्या देखिन थालेको थियो । जसले बेलीब्रिजलाई थप जोखिमपूर्ण बनाएको स्थानीय निकायले जनाएको छ ।
    पुलबाट अधिकतम १५ टनसम्मका सवारीसाधन मात्र गुडाउन मिल्ने प्रावधान भए पनि त्यसभन्दा बढी तौलका सवारी सञ्चालन भइरहेका छन् । यसले मर्मतको आवश्यकता झनै तीव्र बनाएको हो ।
    प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार दुई दिनभित्र मर्मत कार्य सम्पन्न गर्ने योजना छ । जोखिम कम गर्नका लागि सेनाको प्राविधिक टोली निरन्तर खटिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij