धादिङ, २३ साउन – धादिङको गल्छी गाउँपालिका–६ जरेखेतमा आज बिहान पहिरो खस्दा पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।
रूखसहितको ठूलो पहिरो खस्दा सडकको दुवै दिशाबाट सवारी आवागमन ठप्प भएको हो । पहिरो पन्छाउन सुरक्षाकर्मीहरूलाई उपकरणसहित परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो ।
काठमाडौँ जाने सवारीसाधन गजुरी र मुग्लिनतर्फबाट आउने सवारीसाधन आदमघाट क्षेत्रमा रोकिएका छन् ।
लगातारको वर्षाले राजमार्गका अन्य स्थानमा पनि पहिरोको जोखिम बढेकाले यात्रु तथा चालकहरूलाई सतर्क रहन आग्रह गरिएको छ ।