शुक्रबार, साउन २३ गते २०८२ Aug 08 2025 Friday
images
images

अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न गरी प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै


  • 334
    SHARES
  • https://indrenipost.com/posts/9780
    साउन २३, २०८२ शुक्रबार
    अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न गरी प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

    तुर्कमेनिस्तान, २३ साउन – तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भई प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन ।
    उनी भर्खरै तुर्कमेनबासी अन्तरराष्ट्रिय विमानस्थलबाट दुबई प्रस्थान गरेका छन । प्रधानमन्त्री ओली दुबई हुँदै आज राति ११ः५५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ ।
    विमानस्थलमा प्रधानमन्त्री ओलीलाई तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री रहसित मेरेडोभले स्थानीय समयअनुसार बिहान ८ः३० बजे बिदाइ गरेका छन । सम्मेलनमा नेपालको तर्फबाट प्रधानमन्त्री ओलीले भूपरिवेष्ठित राष्ट्रहरूको समस्या, सम्भावना र अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता विषयमा धारणा राखेका थिए ।
    प्रधानमन्त्री ओलीको भ्रमणले नेपाल–तुर्कमेनिस्तान सम्बन्धलाई सुदृढ गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij