शुक्रबार, साउन २३ गते २०८२ Aug 08 2025 Friday
images
images

म्याण्डेट उल्लंघन गरेपछि जेटीयूसीसीद्वारा दुई प्रतिनिधि फिर्ता


  • 370
    SHARES
  • https://indrenipost.com/posts/9782
    साउन २३, २०८२ शुक्रबार
    म्याण्डेट उल्लंघन गरेपछि जेटीयूसीसीद्वारा दुई प्रतिनिधि फिर्ता

    काठमाडौं, २२ साउन — संयुक्त ट्रेड युनियन समन्वय केन्द्र जेटीयूसीसीले न्यूनतम् पारिश्रमिक निर्धारण समितिमा पठाएका दुई प्रतिनिधिलाई म्याण्डेट विपरीत सहमति जनाएको भन्दै फिर्ता बोलाएको छ ।
    सरकारले तोकेको १९,५५० रुपैयाँको प्रस्तावमा सहमति जनाएपछि जेटीयूसीसीले नेपाल ट्रेड युनियन महासंघ जिफन्टका उपाध्यक्ष जनक चौधरी र नेपाल ट्रेड युनियन कांग्रेसकी उपाध्यक्ष राधिका कुईकेललाई हटाएको हो । उनीहरूलाई २०,३०० रुपैयाँसम्म सहमति जनाउन म्याण्डेट दिइएको थियो ।
    जेटीयूसीसी महासचिव इन्द्र देव मिश्रद्वारा हस्ताक्षरित पत्रमा प्रतिनिधिहरूले श्रमिकको हितविपरीत निर्णयमा सहमति जनाएकाले हटाइएको उल्लेख छ ।
    श्रम ऐन २०७४ अनुसार गठन भएको समितिले आगामी दुई वर्षका लागि १९,५५० रुपैयाँ सिफारिस गरेको छ । एमाले र कांग्रेस निकटका प्रतिनिधिले सहमति जनाए पनि माओवादी केन्द्र निकटका प्रतिनिधि धनबहादुर विकले असहमति जनाएका थिए ।
    जेटीयूसीसीले फिर्ता बोलाएको निर्णय श्रम मन्त्रालय सहित सम्बन्धित सबै निकायमा जानकारी समेत गराएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij