शनिबार, साउन २४ गते २०८२ Aug 09 2025 Saturday
images
images

सप्तरीमा बसको ठक्करबाट वृद्धको मृत्यु, आक्रोशित स्थानीयद्वारा सडक अवरुद्ध


  • 109
    SHARES
  • https://indrenipost.com/posts/9786
    साउन २४, २०८२ शनिबार
    सप्तरीमा बसको ठक्करबाट वृद्धको मृत्यु, आक्रोशित स्थानीयद्वारा सडक अवरुद्ध

    राजविराज सप्तरी, २४ साउन — सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका –२ चाँदनी चोकमा आज बिहान बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
    इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार स्थानीय सीतापुरका ६८ वर्षीय बुदुर चौधरीको घटनास्थलमै मृत्यु भएको हो। पश्चिमबाट पूर्वतर्फ गइरहेको ना प्र १–०१–००१ ख ४५६० नम्बरको बसले पूर्व–पश्चिम राजमार्गमा साइकलमा सवार चौधरीलाई पछाडिबाट ठक्कर दिएको थियो ।
    धानखेततर्फ जाँदै गरेका चौधरीलाई ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
    घटनापछि आक्रोशित स्थानीयवासी र मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्गको चाँदनी चोकमा सडक अवरुद्ध गरेका छन् । अवरोधका कारण सयौँ सवारीसाधन रोकिएका छन् र हजारौँ यात्रु बाटोमै अलपत्र परेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij