काठमाडौँ, २४ साउन – मानव सभ्यताले विकास गरेका अनगिन्ती प्रविधिहरूमध्ये सबैभन्दा प्रभावकारी मानिएको छ कृत्रिम बुद्धिमत्ता एआई । प्राकृतिक बुद्धि भन्नाले मानवीय मस्तिष्कको क्षमता जनाइन्छ भने, कृत्रिम बुद्धि भन्नाले मेसिनले देखाउने सोच्ने र निर्णय गर्ने क्षमतालाई । “के मेसिनले पनि मानिसजस्तै सोच्न सक्छ ” भन्ने प्रश्न २०औँ शताब्दीका प्रतिभाशाली वैज्ञानिक एलन ट्युरिङले उठाएका थिए । आजको दिनमा यो कल्पना वास्तविकतामा परिणत हुँदैछ ।
च्याटजिपिटीजस्ता प्रणालीहरूले मानिसका प्रश्नहरू जुनसुकै भाषामा तत्काल जवाफ दिन सक्ने क्षमतासहित एआईको सामर्थ्य देखाइसकेका छन् । वैज्ञानिकदेखि सर्वसाधारणसम्म सबैको चासोको केन्द्र बनेको एआईबारे गहिरो बुझाइका लागि विश्वभरका अनुसन्धानकर्ताहरूले लेखेका केही पुस्तकहरू अत्यन्त चर्चित छन् । एआईमा रुचि राख्ने पाठकका लागि यहाँ विश्व प्रसिद्ध १० उत्कृष्ट पुस्तकको सूची प्रस्तुत गरिएको छ ।
१. कृत्रिम बुद्धिमत्ता एक आधुनिक दृष्टिकोण – स्टुआर्ट रसेल र पिटर नर्विग १९९५, हाल चौथो संस्करण
२.अत्याधुनिक बुद्धिमत्ता बाटोहरू, खतराहरू र रणनीतिहरू – निक बोस्ट्रम २०१४
३. जीवन ३.० कृत्रिम बुद्धिमत्ता युगमा मानव हुनुको अर्थ – म्याक्स टेगमार्क २०१७
४. जेनेरेटिभ एआईको शक्ति कसरी कृत्रिम बुद्धिमत्ताले हाम्रो संसार परिवर्तन गर्दैछ – बर्नाड मार २०२४
५. सर्वोच्चता एआई, च्याटजिपिटी र संसार बदल्ने दौड – पार्मी उल्सन २०२४
६. एआई २०४१ भविष्यका दश दृष्टिकोणहरू – काइ फु ली र चिउफान २०२१
७. बुद्धिमत्ताका शिल्पकारहरू – मार्टिन फोर्ड २०१८
८. एकत्व झनै नजिक छ – रे कुर्जवेल २०२४
९. गणनाका विनाशकारी हतियारहरू – क्याथी ओ’नील २०१६
१०. मास्टर एल्गोरिदम अन्तिम सिक्ने मेसिनको खोजले हाम्रो संसारलाई कसरी पुनः आकार दिनेछ – पेट्रो डोमिङ्गोज २०१५
यी पुस्तकहरूले एआईको इतिहास, वर्तमान प्रवृत्ति, सम्भावित जोखिम र भविष्यका सम्भावनाहरूको गहिरो विश्लेषण गर्दै पाठकलाई प्रविधिको यात्रा र चुनौतीको संसारमा प्रवेश गराउँछन् ।