बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
समाचार
सोमबार, मंसिर ६ २०७८

इलाम । विसं २०७१ मङ्सिरबाट इलाममा यातायात व्यवस्था सेवा कार्यालयको स्थापना भए पनि पहिलो पटक सवारी चालक अनुमतिपत्र वितरणका लागि काम सुरु भएको छ ।   फारम भरिसकेका सेवाग्राहीलाई परीक्षा सञ्चालन गरिएसँगै सवारी चालक अनुमतिपत्र वितरणको काम अघि बढेको हो । भौतिक पूर्वाधार मन्त्रालयबाट सवारी लाइसेन्सको

आइतबार, मंसिर ५ २०७८

गोरखा । गोरखाको मनकामना मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको संख्या बढ्दै गएको छ । कोरोना महामारीले लामो समय बन्द भई भदौ २३ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने दर्शनार्थी बढ्दै गएका हुन् । हरेक दिन मनकामना मन्दिर दर्शन गर्न आउनेको संख्या वृद्धि हुँदै गएको मनकामना मन्दिरका

शनिबार, मंसिर ४ २०७८

काठमाडौं । नेपालको राजधानी काठमाडौं विश्वकै प्रदूषित सहरको आठौँ नम्बरमा उक्लिएको छ । वायुको गुणस्तर मापन गर्ने युरोपेली संस्था आइक्युएयरको लाइभ अपडेटमा पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा छ । त्यहाँ वायु गुणस्तर सूचकांक पिएम२।५ ९पार्टिकुलेट म्याटर० को मात्रा प्रतिघण्टा ४०७ माइक्रोग्राम प्रतिघनमिटर छ

बुधबार, मंसिर १ २०७८

काठमाडौं । सरकारले आजदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्दै छ । त्रिपुरेश्वरस्थित राहदानी विभागको नयाँ भवनमा बुधबार दिउँसो हुने एक समारोहकाबीच ई-पासपोर्ट जारी गर्ने तयारी विभागले गरेको छ ।  राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले मेसिन रिडेबल राहदानी (एमआरपी) विस्तारै विस्थापन गर्दै लैजाने उद्देश्यले ई पासपोर्ट जारी

मंगलबार, कात्तिक ३० २०७८

काठमाडौं । कोरियन भाषा परीक्षा (सीबीटीतर्फ) आगामी पुसमा हुने भएको छ । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार कोरियन भाषा परीक्षा पुस १ देखि ७ गतेसम्म सञ्चालन गरिने भएको हो ।  परीक्षा सकिएको १ महिनामै नतिजा प्रकाशन गरिने ईपीएस शाखाले जनाएको छ । कोरियाले नेपाली

सोमबार, कात्तिक २९ २०७८

काठमाडौं । भारत सरकारको सहयोगमा नुवाकोट र गोरखा जिल्लामा ५० हजार आवास पुनर्निर्माण कार्य सम्पन्न भएको छ । सोमबार भारतीय दूतावासले काठमाडौंमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, यूएनडिपी र यूएनओपिएसँगको सहकार्यमा एक कार्यक्रम आयोजना गर्र्दै भारत सरकारको सहयोगमा नुवाकोट र गोरखा जिल्लामा ५० हजार आवास पुनर्निर्माण कार्य सम्पन्न

सोमबार, कात्तिक २९ २०७८

काठमाडौं । लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको संख्या तीन सातामा नै झण्डै चार लाख पुगेको छ ।    यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनः खुलाएको थियो । दुई वर्षयता नियमितरुपमा सेवा चालू नभएकाले पनि थोरै समयमा धेरैको आवेदन परेको यातायात व्यवस्था विभागले

सोमबार, कात्तिक २९ २०७८

कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतिकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म

सोमबार, कात्तिक २९ २०७८

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका(२ को जङ्गलमा चराउन लगिएका १५० याक र चौरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् । कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका याक र चौँरीगाई बेपत्ता भएका हुन् । हिउँपहिरोले नाउरीकोटकी रत्नकुमारी शेरचनको घरको छानो

आइतबार, कात्तिक २८ २०७८

काठमाडौं । काठमाडौंको चन्द्रागिरि हिल्समा अवस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको नेपालकै उत्कृष्ट लक्जरी रिसोर्ट पुरस्कार अन्तर्राष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०२१ प्रदान गरिएको छ । भारतको नयाँ दिल्लीमा शुक्रबार साँझ आयोजित कार्यक्रमका प्रमुख अतिथी नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री माननीय प्रेम बहादुर

शनिबार, कात्तिक २७ २०७८

जनकपुर । जनकपुरधाम उपमहानगरमा पर्ने देवपुरा रुपैठामा सम्प्रदायिक सद्भाव खल्बलिने गतिविधि बढेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले शनिबार निषेधाज्ञा जारी गरेको छ । छठ पर्वकै दिनदेखि देवपुरा रुपैठामा हिन्दु र मुस्लिम समुदायबीच तनाव बढेको छ ।  धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले, ‘समाजिक सद्भाव खलल पुग्ने

शुक्रबार, कात्तिक २६ २०७८

काठमाडौं । ऊर्जाको बढ्दो मागलाई सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले उच्च क्षमताका प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकतामा राखेर प्रक्रिया अगाडि बढाएको छ । नेपाल विद्युत् प्राधिकरणले १३२ केभी क्षमताको प्रसारण लाइनलाई वितरण लाइन बनाउने घोषणा गरिसकेकाले उच्च क्षमताका प्रसारण लाइन अत्यावश्यक बन्न पुगेको छ । ऊर्जा,

शुक्रबार, कात्तिक २६ २०७८

काठमाडौं । बिहीबार देशभर राष्ट्रिय जनगणनाको मूल काम शुरु भएको छ र ४० हजार गणक प्रश्नहरुको सूची बोकेर घरघरमा पुग्न थालेका छन् । जनगणनामा व्यक्तिगत तथा पारिवारिक विवरण संकलनका लागि ८० वटा प्रश्नसहितको प्रश्नावली बनाइएको छ । यी प्रश्नबाट नेपालको ग्रामीण र शहरी भेगमा बसोबास गर्ने जनसंख्या,

बिहीबार , कात्तिक २५ २०७८

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुरु भएको छ । बिहीबार बिहान शितल निवासमा पुगेको गणकको टोलीलाई राष्ट्रपति भण्डारीले आफ्नो परिवारको तथ्यांक उपलब्ध गराउँदै औपचारिक शुरुवात गरेकी हुन् । बिहीबारबाट राष्ट्रपति भण्डारीको पहिलो विवरण संकलन गर्दै देशभर १२ औं राष्ट्रिय जनगणना शुरु भएको छ । राष्ट्रपतिको

बिहीबार , कात्तिक २५ २०७८

बैतडी । अविरल वर्षाका कारण बैतडीमा दुई करोडभन्दा बढीको धानबाली र तरकारीमा क्षति भएको छ । गत असोज ३१ देखि यही कात्तिक ३ गतेसम्म परेको  वर्षाका कारण सो  क्षति भएको हो ।   जिल्लाका १० स्थानीय तहहरुमध्ये छ स्थानीय तहको विवरण सङ्कलन गरिएकोमा एक हजार १४०

बिहीबार , कात्तिक २५ २०७८

बैतडी । अविरल वर्षाका कारण बैतडीमा दुई करोडभन्दा बढीको धानबाली र तरकारीमा क्षति भएको छ । गत असोज ३१ देखि यही कात्तिक ३ गतेसम्म परेको  वर्षाका कारण सो  क्षति भएको हो ।   जिल्लाका १० स्थानीय तहहरुमध्ये छ स्थानीय तहको विवरण सङ्कलन गरिएकोमा एक हजार १४०

बिहीबार , कात्तिक २५ २०७८

काठमाडौं । किराँत धर्मावलम्बीका महागुरु एवम् राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती आज मनाइँदै छ । फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै हरेक वर्ष कात्तिक २५ गते फाल्गुनन्द जन्मजयन्ती मनाउने गरिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले समाज सुधारक एवं किराँत समुदायका महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा किराँत समुदायमा शुभकामना

बिहीबार , कात्तिक २५ २०७८

काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य दिएर आज बिहानबाट छठ पर्व सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ्य दिएपछि पर्व सम्पन्न भएको हो । छठपूजामा सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ्य दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा, अदुवा र बेसारको हरियो बेर्ना,

बुधबार, कात्तिक २४ २०७८

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको पनि तथ्यांक संकलन गर्ने जनाएको छ । सो क्षेत्रको तथ्यांक संंकलन गर्न भौतिक उपस्थिति हुन नसके वैकल्पिक माध्यमबाट भए पनि संकलन गरिने विभागले जनाएको छ । सुरुमा कूटनीतिक माध्यमबाट त्यहाँ गएर नै जनगणना गर्न प्रयास गरिने

बुधबार, कात्तिक २४ २०७८

काठमाडौं । १२ औं राष्ट्रिय जनगणनाको तयारी पूरा भएको छ । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार बिहीबारदेखि शुरु हुने जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटिने भएका छन् । राष्ट्रपतिको विवरण संकलन गरी जनगणनाको शुरुआत गरिने भएको छ । यसका लागि गणकहरु बिहान

बुधबार, कात्तिक २४ २०७८

काठमाडौँ । यस वर्ष वर्षाका कारण देशभरका २४८ सडकमा क्षति पुगेको छ । क्षति पुगेका दुई सय ४६ सडक पुनः निर्माण गरिए पनि अझै दुई सडक खुल्न सकेको छैन । गत जेठ अन्तिम सातादेखि कात्तिकको पहिलो सातासम्म परेको वर्षाका कारण ती सडकमा क्षति पुगेको हो

बुधबार, कात्तिक २४ २०७८

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले मुक्त कमैया र कमलरीहरुको व्यवस्थापनका लागि संविधानमा भएको व्यवस्थालाई कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । मन्त्रालयसँग सम्बन्धित विभिन्न पक्षहरुसँग छलफल र अन्तरक्रिया गर्ने क्रममा हिजो (मंगलबार) मुक्त कमैया, कमलरी र सम्बद्ध व्यक्तिहरुसँग मन्त्रालयमा

बुधबार, कात्तिक २४ २०७८

काठमाडौं । लोक सेवा आयोगले स्वास्थ्यतर्फ विभिन्न पदमा ९६ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।  आयोगले आज (बुधबार) जारी गरेको सूचनाअनुसार स्वास्थ्यका ७ र ८औं तहमा विभिन्न पदका लागि ९६ जना माग गरिएको हो ।  खुला, सामावेशी र आन्तरिक प्रतिस्पर्धामार्फत उक्त पदपूर्ति गरिने लोक

बुधबार, कात्तिक २४ २०७८

काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास

मंगलबार, कात्तिक २३ २०७८

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजको जोगबुढा नदीमा पक्की पुल निर्माण पूरा भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले ठेक्का प्रक्रियाद्वारा पुल निर्माण गरेको हो । मित्र निर्माण सेवाले १६ करोडको लागतमा पुल निर्माण गरेको छ । चार वर्ष लगाएर निर्माण गरिएको पुलको लम्बाइ १७१ मिटर

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij