मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

एमाले १० औँ महाधिवेशन सरगर्मी

एमालेको वडा अधिवेशन देशभर एकैदिन हुने, अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने


  • 1.0K
    SHARES
  • https://indrenipost.com/posts/1248
    कात्तिक १, २०७८ सोमबार
    एमालेको वडा अधिवेशन देशभर एकैदिन हुने, अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने

    काठमाडौं । नेकपा (एमाले)ले देशभरका सबै वडाहरूमा एकसाथ अधिवेशन आयोजना गर्ने भएको छ । कात्तिक ६ गते देशभरका ६ हजार ७ सय ४५ वडामा एकै दिन वडा अधिवेशन गर्ने एमाले केन्द्रीय कार्यालयले जनाएको छ । 

    वडा अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल गर्ने कार्यक्रम छ । बढीमा ५ सयसम्म वडालाई जुममा जोडेर अध्यक्ष ओलीले एकैपटक भर्चुअल रुपमा वडा अधिवेशनको उद्घाटन तथा शुभकामना सन्देश दिनेगरी तयारी गरिएको छ ।

    एमालेको १० औँ महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुँदैछ । कात्तिक ६ मा वडा अधिवेशनपछि ९ गते देशभरका ७५३ स्थानीय तहको अधिवेशन हुने एमालेले जनाएको छ ।

    एमालेको विधान अनुसार वडा कमिटी सबैभन्दा तल्लो तहको कार्यकारी निकायका रुपमा रहेको छ । वडा कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र सदस्यहरू अधिवेशनबाट निर्वाचित हुनेछन् । कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा (एमाले)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij