आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

कोरोना भाइरससँगको युद्ध जित्ने बलियो हतियार हो-साबधानी

  • 17.9K
    SHARES
  • https://indrenipost.com/posts/153
    चैत १२, २०७६ बुधबार
    कोरोना भाइरससँगको युद्ध जित्ने बलियो हतियार हो-साबधानी

    कोरोना भाइरस यतिबेला मानवसमुदायका निमित्त आतंक बनेको छ। आखाले देख्न नसकिने एउटा सुक्ष्म भुसुनोले दुनियाका ठूला ठूला सिंहासनहरु हल्लाइदिएको छ। सन् १९६० को दशकमा पहिलोपटक देखापरेको यो भाइरसको ठूलो परिवार छ। धेरै चर्चामा आएको मानव कोरोना भाइरस सन् २००३ मा पत्ता लागेको थियो जसको नाम थियो 'सार्स भाइरस।'

    आठ हजार भन्दा धेरै मानिसलाई समातेको उक्त कोरोना भाइरसले ७७४ जनाको ज्यान लिएको थियो। यसले माथिल्लो र तल्लो दुवै श्वासनलीमा संक्रमण गर्छ। गएको डिसेम्बर ३१ मा चीनको हुवेइ प्रान्तको वुहान शहरमा सार्स जस्तै महामारी देखा पर्यो। अनुसन्धानबाट उक्त बिमारी कोरोना भाइरसका कारण भएको पत्ता लाग्यो। यो कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठनले नोवेल कोरोना भाइरस २०१९ भनी नामाकरण गर्यो भने भाइरससम्बन्धी अन्तर्राष्ट्रिय कमिटीले काभिड १९ नाम दिएको छ।

    वुहानमा देखिएको यो भाइरस सन् २००३ मा देखिएको सार्स भाइरससँग ७० प्रतिशत मिल्दोजुल्दो छ । तर यो चमेरोमा पाइने कोरोना भाइरससँग ९६ प्रतिशत मिल्छ। तसर्थ केहिले यसलाइ चमेरोबाट मानिसमा सरेको हुनसक्ने अनुमान पनि गरेका छन् । यो भाइरसले शुरुमा स्तनधारी जीव र चरावर्गको श्वासनलीको माथिल्लो भाग र आमासय तथा आन्द्रामा संक्रमण गर्ने तथ्य अनुसन्धानबाट खुलेको छ।

    यो भाइरसले चीनमा झन्डै ३३०० मानिसको ज्यान लियो । हजारौं मानिसमा संक्रमण फैलिन थालेपछी चीनले यसका विरुद्ध युद्धको घोषणा गर्नुपर्यो। हुबेइ प्रान्तमा लकडाउन गरेका शहरहरु चीनले आजबाट खोल्दैछ भने वुहान शहर आउदो अप्रिल ८ मा मात्र खोलिनेछ। मानिसबाट मानिसमा तीब्र गतिमा फैलिने भएको हुँदा लकडाउन गर्नु परेको हो। चीनले यस भाइरसलाइ नियन्त्रणमा लिइसकेको घोषणा गरेको छ। इटाली, स्पेन, इरानमा यसले धेरैको ज्यान लिइसक्यो । विश्वभरी नै यसले महामारीको रुप लिएको छ।

    इटालीमा मृत्यु हुनेको संख्या ७००० पुगेको छ। जहाका २००० जना स्वास्थ्यकर्मी सन्क्रमीत छन् । इटाली ,स्पेन र फ्रान्सका ३० जना जति स्वास्थ्यकर्मीको ज्यान गएको छ। चीनमा शुरुमा भाइरसबारे जानकारी गराउने आखारोग विशेषज्ञ लि वेन्लियाङ सहित १३ जना डक्टरहरुले सन्क्रमितहरुको उपचार गर्दागर्दै मृत्युवरण गर्नु परेको छ। शक्तिशाली र सम्पन्न मुलुकहरुको स्वास्थ्यसम्बन्धी व्यवस्थापनलाई समेत यो भाइरसले चुनौती दिएको छ। अमेरिकालाई उसका आणविक बमहरुले कोरोना भाइरसबाट जोगाउन सकेका छैनन् । क्युबाले इटालीमा सहयोग गर्न डक्टरहरुको टोलि पठाएको छ। चीनले पनि विभिन्न मुलुकहरुलाई सहयोग गरिरहेको छ।

    नेपालमा हिजो बिहानदेखी लकडाउन शुरु भएको छ। भारतले पनि हिजो रातिदेखी २१ दिने लकडाउनको घोषणा गरेको छ। लगभग विश्व पुरै लकडाउन भैसकेको छ।वुलेट रेल झै काममा दगुरिरहने विश्वका निमित्त लकडाउन चानचुने कुरा होइन। अरबौ मानिसहरुले एकदिन मात्र काम रोक्दा कति घाटा हुन्छ होला ? नाफाको लागि जस्तोसुकै हर्कत गर्ने पुँजीवादलाई पनि लकडाउन गरेको छ १२० न्यानोमिटर व्यास भएको फुच्चे भाइरसले। अत्यावश्यक वस्तुको उत्पादन रोकिन थाल्यो भने भोलि औषधी र खानाको अभाव व्यहोर्नु नपर्ला भन्न सकिन्न।भाइरल समस्याको कुनै औषधी नभएको हुँदा संक्रमणबाट जोगिनु नै उत्तम उपचार हो। मृत्युदर एकदमै कम भएको यो भाइरसले छोइहाले पनि रुघाखोकी झै सन्चो हुने गर्छ।भाइरसलाई फोक्सोमा पुग्न नदिन मास्क लगाउने, भीडमा नजाने, मुख र नाकलाई सुख्खा हुन नदिन पानी पिउने, हात साबुन पानीले धुने जस्ता व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्दछ।

    एउटा भुसुनोले मानवजातिमाथि धावा बोलेको छ। यो युद्ध हो। जुन युद्धमा सावधानी नै सबभन्दा बलियो हतियार हो। दैनिक ज्याला मजदुरी गर्ने किसान मजदुर र घरबारविहिनहरु यसको सबैभन्दा बढी जोखिममा छन् ।त्यसैगरी दिनरात बिरामीको उपचारमा खट्ने डक्टर ,नर्स र अन्य स्वास्थ्यकर्मीहरु पनि उच्च जोखिममा हुने भएकोले सरकार र नागरिकको तहबाट सुरक्षाको वातावरण तय गर्ने र मनोबल बढाउने काम एकदमै जरुरी छ। नेपालका प्रत्येक प्रदेशमा भाइरस परिक्षणको व्यवस्था पनि आवस्यक छ। नेपालमा आजका मितिसम्म सबै स्वास्थ्य संस्थाहरुमा निजी सुरक्षा औजार९ उउभ० उपलब्ध हुन सकेको छैन।मास्कको समेत अभाव छ। सरकारले लकडाउनको घोषणा गरेपछि घर फर्किनेहरुको घुइँचो भयो। विदेशबाट आएकाहरु निश्चित चेकजाँच र क्वारेन्टाइनको प्रक्रिया पूरा नगरि घर पुगेका छन् । यो अवस्थामा प्रत्येक नागरिक स्वयं सचेत हुन,जागरुक हुन जरुरी छ। आतंकीत हुने र मनोबल कमजोर पार्ने काम किमार्थ गर्नु हुँदैन।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij