आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

गेस्टापोः एक कारुणीक चिन्तन

  • 96.1K
    SHARES
  • https://indrenipost.com/posts/157
    चैत १३, २०७६ बिहीबार
    गेस्टापोः एक कारुणीक चिन्तन

    देश ठप्प भएको तीन दिन भयो । देशको के कुरा पुरै संसार नै गतिहीन भएको छ यति बेला । संसारभर एक हप्ता अघिसम्म जे जे भइरहेको थियो, अहिले शून्य छ । अमेरीकामा ट्रम्पलाई इम्पिचमेण्ट लगाइएको थियो । उनी आफूलाई प्रमाणित गर्दै थिए । चीनले विशाल आर्थिक क्रान्ति गरेर दुनियाँलाई चकित पारीरहेको थियो । विद्यार्थीहरु तछाडमछाड गर्दै अष्ट्रेलियाको भिसामा तल्लिन थिए । भारतमा भर्खर निर्भयाका अपराधीहरुलाई मृत्युदण्ड दिइएको थियो । त्यसका टिका टिप्पणी भैरहेका थिए । नेपालमा हामी एमसीसी परियोजनाका विषयमा बहस गरीरहेका थियौं । हाम्रा प्रधानमन्त्री भर्खर नयाँ मृगौला प्रत्यारोपण गरेर घर फर्कीएका थिए । मानिसहरुलाई उनको स्वास्थ्य लाभको कामना गर्न भ्याइनभ्याइ थियो ।

    तर एकाएक संसारभरका मानिसहरुको चलिरहेको गतिविभिबाट ध्यान अन्त्यै मोडियो । त्यो ध्यान मोड्ने चिज थियो- कोराना भाइरस । केही समयकै त कुरा हो, चिनको वुहान शहरमा एकाएक कोरोना भाइरसको महामारि देखियो । युरोप र अमेरिका रमिता हेर्दै थिए । सायद उनीहरुको हिसाव थियो कि यो महामारिले चीनको अर्थतन्त्र ध्वस्त हुनेछ । बुहानमा महामारी यति तेज गतिमा फैलियो कि चिनमा रहेका अन्य देशका नागरिकहरु रातरात आआफ्ना देश फर्किए । चिनमा रहेका नेपालीहरु फर्काउन ढिला गरेको भन्दै ओली सरकारको निकै आलोचनासमेत भयो ।

    विस्तारै विस्तारै बुहानमा कोरोनाको महामारी नियन्त्रण हुँदै थियो । कोरोना तीब्र गतिमा युरोप र अमेरिका पनि पुग्यो । अहिले त्यो महामारी संसारभर तीब्र गतिमा फैलिरहेको छ । विश्वले सबै आफ्ना चेत गुमाएर यो कोभीड-१९ नामक भाइरसँग लड्नु परेको छ । सेनाका मै हुँ भन्ने कमाण्डरदेखि शक्तिशाली राष्ट्र बेलायतका भावी राजा प्रिन्स चाल्र्सलाईसम्म यो भाइरसले ओछ्यानमा सुताइदिएको छ । हामी सबै बन्द कोठामा कैद छौं । हामीलाई राजनीतिले दिएको स्वतन्त्रता यसले छिनिरहेको छ । बलवान ताकतवान सवै डरपोक भएका छन् । शक्ति राष्ट्रहरुसँग भएका आणविक अतियारहरु वेकाम बनेका छन् । हामीलाई साबुन पानी र स्यानीटाईजरको प्रयोग गर्न भनिएको छ । हामी त्यसै गरीरहेका छौं ।

    कुनै बेला साबुन पानीले हात धुनु भनेको पश्चिमा मुलुकलाई धनी बनाउन रचिएको प्रोपोगाण्डा हो भन्नेहरु पनि लचक्क परेका छन् । कसैको जागीर वा काम छैन् । यतिवेला कोठामा थुनिएका हामी विश्वका मानिसहरुसँग केही कुरा छ भने त्यो इन्टरनेट हो । यसको भरपुर प्रयोग भएको छ ।

    यो बसाइको नाम क्वारेन्टाइन हो भन्ने कुरा मैले पनि यसैपाली बुझेकी हुँ । नत्र जीवनको यत्रो उतारचढावमा मैले यो शव्दसँग साक्षातकार हुने मौका पाएकी थिइन । क्वारेन्टाईनमा बस्दा जीवन भने अनुभुत हुंँदो रहेछ । कतिपय आफैले ढाँट्न सफल भएका अन्तरंगहरु पनि आफैलाई गिज्याईरहेका छन् । आफ्नो मन आफैसँग ढाट्न नमिल्ने । म डायरी लेख्दैछु अचेल । पछि नातिनातीनालाई जानकारी गराउन सजिलो हुन्छ भन्ने सोचेर ।

    भोलीदेखि लक डाउन भन्ने वित्तीकै मेरा मित्र राजले मलाई केही किताव लगेर पढ्न सुझाउनु भयो । मैले उहाँको समाजवाद अध्यन प्रतिष्ठानबाट केही कितावहरु ल्याएकी थिए । त्योमध्ये एउटा किताव पढेर आजै सकियो । कृष्ण धारावासीको गेस्टापो ।

    यो पुस्तकलाई उनले तीन वर्षको मेहनतले सिंगारेका छन् । उनले जर्मन भ्रमण गर्दा यस कितावलाई लेख्ने अठोट गरेका रहेछन् । जर्मन इतिहास र हिटलरका बारेमा एक गेस्टापोले गरेको बयान यस पुस्तकमा छ । त्यो पुस्तक अनुवाद हो की ओरीजिनल मैले ठम्याउनै सकिन् । तर अन्त्यमा लेखकले नै अनुवाद भनेर मलाई कन्भिन्स गरे । गेस्टापो अर्थात जर्मनको क्रुर शाषक एडल्फ हिटलरको नाजी पार्टीले तयार गरेको सैन्य दस्ता । जसले हिटलरका याताना गृहमा युहुदीहरुलाई दर्दनाम मृत्यु दिन्थे । त्यही गेस्टापो हैम्वर्गको बयान छ यस पुस्तकमा ।

    यो किताव पढ्नु अघिसम्म मलाई पनि हिटलर क्रुर तानाशाह, निरंकुश र पापी लाग्थ्यो । यसमा मेरो के दोश ? मैले उसका बारेमा सुनेका किंबदन्ती नै त्यस्तै थिए । ती सबै कहानीहरुमा कुनै तथ्यांक थिएनन्, मात्र घृणा थिए हिटलरप्रति । तर हिटलर जन्मिनुमा हिटलरको आफ्नै प्रवृत्ति मात्र कारण थिएन । बढी त जर्मनमाथि थाेपरिएको अपमान र अत्चार थियो । याे उपन्यास पढ्दा त्यो कुराको गहिरो अनुभूति भयो ।

    भर्साइलको सन्धी गरेर जर्मनले त्यसताका आफ्ना धेरै भूभागहरु गुमाएको मात्र थिएन, अर्बौ रकम रुस, फ्रान्स र इटलीलाई हर्जना बापत भर्दो रहेछ । हरेक वर्ष उनीहरु (जर्मन जनता)को गाँस काटेर, नानीहरुको पढाइको पैसा मिनाह गरेर, वृद्धवृद्धाहरुको औषधी उपचार थातींराखेर वर्षौंसम्म जर्मनलाई रिऋ मुक्त गर्न ओठमुख सुकाउंदा रहेछन् । यहि भसाईल सन्धीका कारण जर्मनले एउटा शाषक जन्मायो । त्यो हिटलर थियो । उसले कहाँनिर गल्ती गर्यो भने ती सबै कुराको दोष उसले जर्मनका युहुदीहरुलाई लगायो । जर्मनलाई वर्षौंसम्म दोष बनाउन ती यहुदीहरुले आफुलाई विदेशीहरुसँग समाहित गरे भन्ने निर्णय थियो उसको । जर्मनलाई विक्न बाध्य पार्ने कम्युनिष्टहरु, क्याथोलीकहरु र यहुदीहरु नै हुन भन्ने उसको दृढ निश्चय थियो । उ भर्साइल सन्धी खारेज गरेर जर्मनलाई आत्मनिर्भर पार्न चाहन्थ्यो ।

    hitler-at-dortmund-rally.jpg

    र विशाल जर्मनको नायक बन्न चाहन्थ्यो । चाहेर नचाहेर जर्मनहरुले हिटलरलाई प्राणदाताका रुपमा स्वीकार गरेका थिए । हैम्वर्ग पनि त्यही थियो । जो हिटलरलाई युगपुरुष ठान्दथे ।
    कता कता त्यो गेस्टापो (हैम्वर्ग) को चरित्र ठ्याक्कै मै जस्तो थियो । उ जीवनको खोजीमा शहर शहर चहार्दा चहार्दै हिटलरका सामुन्ने पुग्यो । म जीवन चहार्दै जीवन नियाली रहेछु । उसका हरेक यात्रा, त्याहाँबाट पलाएका आशा अनि तिनको अप्राप्तीले उ थलिएको छ म जस्तै । जीवनसंग वैराग्य बनेका छन् म जस्तै । तर ऊ हरेक पटक लड्दै गर्दा अर्को आशाको त्यान्दो समात्छ मै जस्तै ।

    उसले हिटलरलाई कहीं क्रुर देख्छ र कहीले भावुक पनि ।

    संसारमा अहिले राष्ट्रवादको भूत नै सवार छ । नेपालको राजनीतिमा त राष्ट्रवाद नै एउटा पद्धती बनेको छ । हरकोही राष्ट्रवादी यहाँ । तर हिटलर जत्तिको राष्ट्रवादी केही छैन् । राष्ट्रको इज्जतका लागि आफ्नो इगो त्यागेर आफैलाई कंचटमा गोलि दागेर आत्महत्या गर्ने राष्ट्रवादी हो ऊ । उसले जर्मनलाई भर्साइलको सन्धीबाट मूक्त गर्ने प्रण गराएको थियो । त्यसका लागि उसले हुने पनि गर्यो र नहुने पनि गर्यो । अन्त्यमा आफ्नी सधैकी प्रेमीका र एक निमेशकी पत्नीसँग आत्मदाह गर्यो । इभा उसलाई प्रेम गर्थी । उसको इच्छा हिटलरसँग विबाह गर्नु थियो । गरी र मरी । ऊ पनि हिटलरलाई प्रेम गरेकीले इतिहासमा संधै निन्दनीय पात्र बनिन ।

    म कुरा गर्दै थिए, भसाईल सन्धीको । जो हिटलरले च्यात्ने सपना देखका थिए । तर च्यात्न नसकी मृत्यु रोजे । आज म यस कोरोनाको संत्रासमय परिवन्दमा नेपाल राष्ट्रमा कोही त्यस्तो राष्ट्रवादी नेता जन्मियो कि जन्मिएन भनेर सोच्दैछु । जसले राष्ट्रको लागि आफूलाई मारेको होस । त्यो पनि राष्ट्र प्रमुखको हैसियतमा पुगेर ।

    सन्धीकै कुरा गर्ने हो भने भर्साइल जत्तिकै गह्रुगो सन्धी नेपालले पनि गरेको थियो- इस्टइन्डिया कम्पनीसँग सुगौली सन्धी । त्यसपछि हामीले हाम्रा सुन्दर दार्जीजिलिङदेखि गढवालसम्म भारतलाई बुझाइदियौं । विशाल नेपाल सानो नेपालमा खुम्चाइयो । विरोधका स्वरहरु नआउन भनेर शुन्दर, शान्त, विशाल नामाकरण गरीयो होला जस्तो लाग्छ मलाई । हामीले हाम्रा भूभाग नै कहीलै सम्झीएनौ सायद । काँगडा र टिस्टा खोलाबारे गितमा मात्र सुनिए । हामीले महत्व दिएनौ । ती भूभाग प्राप्ति हामी सकैको जीवनको अन्तिम सपना बनेनन् ।

    जनयुद्धमा जानु अघि डा. बाबुराम भट्टराईले तत्कालिन राज्यसत्तासँग राखेको ४० बुँदे माग राखेका थिए । जसमा सुगौली सन्धीको खारेजी पनि थियो । सुगाैली सन्धिकाे खारेजी गर्न सकेको भए अवश्य पनि माओवादी जनयुद्ध हरेन नेपालीको मन र मस्तिष्कमा बस्ने थियो । नेपालको नयाँ इतिहास, गाैरवशाली इतिहास चरिने थियाे । तर त्याे हुन सकेन । तत्कालीन माओवादीले सुगौंली सन्धिलगायतका भारतसरकारसँग भएका असमान सन्धि सम्झाैता खारेजीका लागि सुरुङ युद्ध लड्ने हल्ला पनि नचलेको होइन । तर देशको सीमा समस्या २० को १९ पनि समाधान  नहुँदै तत्कालिन माओवादी जनयुद्धबाट ब्याक भयो । उत्सर्गमा नपुगी क्रान्ति विर्सजन गरे । त्यसका मुल मुद्धाहरु एउटा मात्र पनि नपुगे पनि जनयुद्ध रोक्नु हुँदैन थियो भन्ने लागेको छ आज याे पुस्तक पढ्दै गर्दा ।

    हुनत अस्ती जनयुद्धको सम्झनामा बाबुरामले नयाँ पत्रिकामा लेखेको लेखमा उनले क्रान्ति बिसाउन प्रचण्डले हतार गरेको स्मरण गरेका थिए । तर त्यस युद्धका नायक उनी पनि हुन् । उनले नविसाई सुगौली सन्धी खारेज गर्न भारतसँग युद्ध लड्न सक्थे । उनले त्यसो गरेनन् ।  तर बाबुरामलाई प्रचण्डतर्फ दोषको औला देखाएर उम्कने छुट इतिहासले दिदैन ।

     यो गेष्टापो पढिरहदा  तत्कालिन मा‌‌ओवादीका नेताहरुले जनताको समर्थनका लागि मात्र सुगौली सन्धीको विषय उठाएछन् भन्ने लागिरहेको छ ।

    हुनत अहिलेको उपलब्धी माओवादी जनयुद्धकै उपलब्धी थियाे । यति उपलब्धीका लागि पनि हजाराैंले बलिदान गर्नुपर्याे । कर्यौं मानिसहरु जनअदालतको सफायामा परे । तत्कालिन सरकारबाट हजारौं माओवादीहरु पनि विभत्स रुपमा मारिए । मारिनेहरु कुनै विदेशी थिएनन् । एककिसिमले हिटलरले पनि युहुदिहरुलाई मारेर भर्साइल सन्धी उल्टाउन खोज्नु गम्भिर गल्ती थियो । युहुदिहरु पनि जर्मन नागरिक नै थिए । हिटलरको कन्सन्ट्रेसनमा मारीए जत्तिकै निर्मम रुपमा नेपालमा पनि जनयुद्धका समयमा हत्याहरु भए । धेरै त राज्यकै तर्फबाट भयाे । जे हाेस् करीव १७ हजार नेपाली युद्धका नाममा मारीए । त्यति ठूलाे बलिदानीबाट उपलब्धी थाेरै मात्र भए भन्ने कुरा जनयुद्धमा सहमाभागी नेता कार्यकर्ताले नै भनेकै छन् । 

    तर नेपालमा पनि जर्मनमा जस्ताे राष्ट्रियताका लागि हिटलरले झै जनतालाई संगठित गर्नुपर्ने आवश्यकता थियो । हिटलरको फाँसिवादको समर्थन त विल्कुलै गर्न सकिंदैन र गर्न खोजेको पनि हैन । तर हिटलरको देशप्रतिको प्रेमको भने म वेवास्था गर्न सक्दिन । जनयुद्धका नायकहरु प्रचण्ड-बाबुरामले नेपाल-भारतबीचका असमान सन्धीसम्झाैता खारेजीका लागि राष्ट्रिय मुक्ति युद्ध छेड्लान भन्ने आशा र विस्वास मजस्ता धेरैले गरेका थिए । तर त्याे अधुरै रह्याे । मलाई के लाग्छ भने नेपालको प्रगति र दिगो भविष्यका लागि अझै पनि राष्ट्रिय मुक्ति युद्धको आवश्यकता छ ।

    निर्विवादै नेपालको जनयुद्धका नायक हुन प्रचण्ड । जुन व्यवस्था ल्याउन उनले जनयुद्ध लडे, त्यस्तो व्यवस्था नआउँदा उनलाई अलिकती पश्चाताप भएकै हुनुपर्छ युद्धमा बलिदानी हुनेहरुप्रति । केही नै नभएको भन्न खोजेको विल्कुलै हैन, तर जतनाको अपेक्षा यो भन्दा धेरै नै थियो ।  केही समय अघि एउटा सार्वजनिक कार्यक्रमम उनले जनयुद्धमा मारिएका १७ हजारमध्य पाँच हजारको जिम्मा लिन आफु तयार रहेको बताएका थिए । त्यसाे भन्ने साहस चानचुने कुरा हाेइन । उनले सबै कुरा त्यागेर जनताका लागि काम गरेर मर्ने प्रतिद्धता धेरै पटक सार्वजनिक रुपमा गरेका छन् । जे हाेस जनताले प्रचण्डको पश्चातापसहितका भाव र राष्ट्रप्रतिको संकल्पलाई महशुस गर्न सके भने उनी  नेपालको राजनीतिमा युगपुरुष बन्नेमा संका छैन् ।

    आज कोरोनाले आत्रान्त बनेको जनजीवनमा म भने सीता आमा (प्रचण्ड पत्नी) लाई सम्झीरहेकी छु । रोग र शोकले थलिएकी उनी प्रचण्डले त्यसो गरीदिए मुर्झाउंथिन कि ?

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij