(लेखक नेकपाका स्थाइ समिति सदस्य तथा प्रतिनिधिसभाका सदस्य हुन्)
नेपालको संविधानले शिक्षा र स्वास्थ्यलाई महत्वपूर्ण रुपमा नागरिकको मौलिक हकको अर्थमा परिभाषित गरेको छ । हाम्रो देशका दुई प्रमुख पार्टीहरु नेकपा र कांग्रेसले आफ्नो निर्वाचन घोषणा मात्रमा स्वास्थ्यको बारेमा महत्वपूर्ण घोषणाहरु जनताका बीचमा उद्घोष गरेका थिए । जस्तै स्वास्थ्य क्षेत्रमा उल्लेख्य मात्रामा लगानीलाई बढाएर प्रति २५ हजार नागरिकका लाग औषत सात जना स्वास्थ्यकर्मी र ६० शैयाको हस्पिटल पुर्याइने छ । सबै नागरिकलाई अनिवार्य रुपमा स्वास्थ्य विमा जीवन विमा प्रणालीमा ल्याइने छ भनिइको थियो । निरपेक्ष गरिबीको रेखामुनी भएका गरिब जनताका लागि विमा रकमको ५० प्रतिशत भुक्तानि सरकारले गर्नेछ ।
पन्ध्र वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका जेष्ठ नागरिकहरुलाई सरकारको तर्फबाट निशूल्क उपचारको व्यवस्था गरिने छ । न्युन आए भएका जनताहरुको मुटुरोग, मधुमेह, क्यान्सर, मस्तिष्क घात, मृगौला सम्बन्धीको रोगलगायतका रोहरुको उपचारमा राज्यले दिदै आएको सहयोगलाई सतप्रतिशत बढाइने छ । प्राथमिक स्वास्थ्य केन्द्र, सामुदायिक स्वास्थ्य इकाइ, स्वास्थ्य चौकिहरुबाट आधारभूत स्वास्थ्यसेवा निशुल्क उपलब्ध गराइने छ । एकल महिला र अपांगहरुलाईसमेत सबै रोगहरुको उपचारको जिम्मा राज्यले लिनेछ । ग्रामिण क्षेत्रमा प्रायः सबै ठाउँमा प्राकृतिक प्रकोप जस्तै बाढी पहिरो, दुर्घटना, सुत्केरी, महामारी आदि समस्यमा तत्काल उद्दारका लागि एयर एम्बुलेन्सको व्यवस्था गरिनेछ । नेपाल पक्षधर भएका अन्तरराष्ट्रिय स्तरका वातावरणीय र स्वास्थ्य सम्बन्धी महासन्धीहरुको प्रभावकारी कार्यान्वय गरिने छ । हेरेक गाउँपालिकामा कम्तीमा २५ शैया र हरेक नगरपालिकामा कम्तीमा ५० शैयाको अस्पताल बनाइनेछ । साथै प्रत्येक प्रदेशको राजधानीमा कम्तीमा १०० शैयाको अस्पताल निर्माण गरिने छ । प्रत्येक वार्डहरुमा प्रारंभिक स्वास्थ्य चौकीद्वारा प्रारंम्भिक खोप, अन्य आधारभूत स्वास्थ्य सेवा आदि प्रदान गरिनेछ ।
सरकारी अस्पताललाई व्यवस्थित गरिने छ । र नीजि क्षेत्रमाभन्दा सरकारी स्वास्थ्य निकायहरुमा काम गर्ने नर्सहरु, स्वास्थ्य प्राविधिकहरु र डाक्टरहरुलाई प्रोत्साह गरिनेछ । आदि आदि । झण्डै ३ वर्ष पहिले हामीले गरेका यी र यस्ता थुप्रै प्रतिवद्धताहरु अझै ताजै छन् । तर हामीलेले ती प्रतिवद्धताहरु पुरा गर्न सकेका छैनाै ।
अन्तरराष्ट्रिय प्रचलित मान्यता अनुरुप जनसंख्याको औषत चिकित्सक संस्था पुर्याउन थप अझै ११ हजार स्वास्थ्यकर्मीको आवस्यकता पर्दछ । विश्व स्वास्थ्य संगठनले आफ्ना आवद्ध सदस्य राष्ट्रहरुलाई कम्तिमा वार्षिक प्रस्तुत हुने बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजित गर्नुपर्ने भनेको छ । हाम्रो बजेटमा ५ प्रतिशत पनि पुग्न सकेको छैन् । झण्डै ८१ लख जनताहरु अझै पनि निरपेक्ष गरिबीको रेखामुनी छन् । करीव एक तिहाई जनतासँग प्रचुर रुपमा निरोगी हुने पहुँच पुग्न सकेको छैन् । जन्मिने कुल बच्चाहरुमध्ये वार्षिक रुपमा १५ प्रतिशत बच्चाहरु अझैपनि कुपोषणको सिकार हुन परिरहेको छ । प्रतिवर्ष करिब सवा दुई लाख गर्भवती महिलाहरुले असुरक्षित सुत्केरी हुन बाध्य छन् । मोटोमोटी हाम्रा प्रतिवद्धता र राज्यको स्वास्थ्य अवस्थाह अझै पनि यस्तो अवस्थामा छ ।
हाम्रो यस्तै स्वास्थ्य अवस्थाका बीचमा निकै त्रासदिपूर्ण रुपमा कोरोना भाइरस हाम्रो देशमा पनि प्रवेश गरेको छ । सरकारको क्षमता, हाम्रो वर्तमान स्वास्थ्य प्रणाली आवश्यक प्राविधिक सुरक्षा सामग्रीहरुको अवस्था र उपलब्धता, हाम्रा जीति र सरकारी अस्पतालहरुको अवस्था, दक्ष जनशक्ति, भरपर्दो र प्रभावकारी कार्यान्वयन प्रणाली आदि माथिका हाम्रा अपूर्णताका चुनौतिहरु पहाडका रुपमा खडा भएका छन् । वर्तमान सरकारले यो संकटको घडीमा जनताको जीवन रक्षाका लागि केही सकारात्मक कार्यहरु गरेको छ । त्यसलाई हामी सबैले प्रशंसा गर्नुपर्दछ । राज्यले गरेका निर्णयलाई कार्यान्वयनका गर्न कर्मचारीहरु र सुरक्षा निकायहरु प्नि सक्रिय भएको कुरालाई हामी सम्मान गरौं । तरपनि यो निकै अपर्याप्त छ । जीनि क्षेत्रका अस्पतालहरु बन्दहुनु, भनेको स्थानमा स्वास्थ्यकर्मी पुग्न नसक्नु, वैदेशिक रोजगारीबाट फर्किएकालाई सम्मानपूर्वक क्वारेन्टाइनमा राख्न नसक्नु, आवस्यक स्थानहरुमा संकास्पद विरामलाई समयमा नै उपचार गर्न नसक्नु वा पीपीईको अभावका कारण स्वास्थ्यकर्मीहरु अगाडि बढ्न नसक्नु जस्ता समस्याहरु छर्लंग देखिएका छन् ।
अहिलेसम्म त संयोग भनौं महामारी फैलिएको अवस्था छैन र सबै कुरा ठिकै नै चल्दैछ । यदि हाम्रो यहि अवस्थामा इटली र अमेरिकाको जस्तो अवस्था आउने हो भने स्थिति के हुन्छ ? कल्पनासमेत गर्न कठिन हुन्छ । आपूर्ति मन्त्रालयबाट अझैपनि दैनिक उपभोग्य बस्तुहरुको सहज व्यवस्थापन गर्न नसक्नु पनि हाम्रा गम्भिर कमजोरीहरु हुन् । कोराना भाइरससँग लड्न यी कुराहरुलाई तत्काल युद्धस्तरमा सुधार्न सरकरले पहलकदमी लिन जरुरी छ । म सरकारलाई यसका लागि अनुरोध गर्दछु । सिंगो स्वास्थ्य प्रणालीलाई हिजो चुनावका वेला जनतासामु गरिएका प्रतिवद्धता अनुरुप आमुल रुपमा सुधार गनै तत्काल नेपाल सरकाले पहलकदमी लिओस्। यही नै आजको जनचाहना हो ।