काठमाडौं । नेपाली काँग्रेसका सभापतिका उम्मेदवारमा दर्ता गराएका प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी पदमा दर्ता गराउने भएका छन् ।
उनी उम्मेदवारी दर्ता गर्न जाँदैछन् । यसअघि सभापतिमा प्रकाशमान र सुजाता कोइरालाले उपसभापति उम्मेदवारी दर्ता गराइसकेका छन् । यसअघि गगन थापा र शर्माले एउटै टिमबाट महामन्त्री उठ्ने भने पनि उनी शेखरको टिममा परेनन् ।
पार्टी सभापति शेरबहादुर देउवानिकट रहेका शर्मा देउवाको प्यानलबाट महामन्त्री नपाउने भएपछि नयाँ टिम बनाएर महामन्त्री उठ्न लागेका थिए । केन्द्रीय सदस्य शेखर कोइरालालाई सभापतिमा उठाएर उनकै टिमबाट महामन्त्रीमा उठ्ने शर्माको तयारी थियो ।
तर शेखरले गगन थापा र मिनेन्द्र रिजाललाई महामन्त्री बनाउने भएपछि उनी त्यस टिममा अटाएनन् ।