काठमाडौं । नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले उम्मेदवारी फिर्ता लिएका छन् । सभापति शेरबहादुर देउवा प्यानलबाट केन्द्रीय सदस्यमा उनको नाम थियो ।
उनले आफूलाई जानकारी नदिई केन्द्रीय सदस्यमा उम्मेदवारी परेको भन्दै आज उम्मेदवारी फिर्ता लिएका छन् । उनी सहमहामन्त्री आकांक्षी थिए । तर देउवा प्यानलबाट सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माको नाम राखिएको थियो ।
मिनले आज विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिने आफ्नो कुनै मनशाय नभएकोले उम्मेदवारी फिर्ता लिएको उल्लेख गरेका छन् ।