मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

काँग्रेस १४औँ महाधिवेशन

यी हुन् शेरबहादुर देउवा प्यानलका उम्मेदवारहरु (नामावलीसहित)


  • 1.9K
    SHARES
  • https://indrenipost.com/posts/2319
    मंसिर २६, २०७८ आइतबार
    यी हुन् शेरबहादुर देउवा प्यानलका उम्मेदवारहरु (नामावलीसहित)

    काठमाडौं । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा शेरबहादुर देउवाले आफ्नो प्यानलसहित सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

    निर्वाचन कार्यतालिका अनुसार शनिबार साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । सभापतिमा देउवासहित छ जनाको उम्मेदवारी परेको छ । देउवा प्यानलबाट उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्काको उम्मेदवारी परेको छ । 

    यस्तै महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल, सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय (डिना), भिष्म आङ्दम्बे, मानबहादुर विश्वकर्मा, महेन्द्र यादव, किशोरसिंह राठौर, उमाकान्त चौधरी, फर्मुला मन्सुर र जीवनबहादुर शाहीले देउवा प्यानलबाट उम्मेदवारी दिएका छन् ।

    केन्द्रीय सदस्यमा गोपालमान श्रेष्ठ, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, डा. नारायण खड्का, सुनिलबहादुर थापा, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारीलगायत छन् ।

    देउवा प्यानलका उम्मेदवारहरु :

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij