सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

काँग्रेस महामन्त्रीको मतगणना : गगनको अग्रता कायमै, विश्वप्रकाश दोस्रो, तेस्रोमा प्रकाशशरण प्रदिप अन्तिम


  • 2.0K
    SHARES
  • https://indrenipost.com/posts/2403
    पुष १, २०७८ बिहीबार
    काँग्रेस महामन्त्रीको मतगणना : गगनको अग्रता कायमै, विश्वप्रकाश दोस्रो, तेस्रोमा प्रकाशशरण प्रदिप अन्तिम

     

    काठमाडौं । नेपाली काँग्रेसको महामन्त्री पदको मतगणनामा ११ सय ९५ मत गनिसक्दा गगन थापाले ७ सय ५६ मत प्राप्त गरेका छन् । दोस्रोमा विश्वप्रकाश शर्माले ४९० मत ल्याएका छन् । यस्तै प्रदिप पौडेलले ३६९, मिनेन्द्र रिजालले २२३, प्रकाशशरण महतले ३८९ मत प्राप्त गरेका छन् ।

    अर्का महामन्त्रीका प्रत्यासी राजाराम कार्कीले भने ३८ मत प्राप्त गरेका छन् । गगनले भने सुरुवाती अग्रता लिएका छन् । गगन र विश्वप्रकाशको कडा प्रतिष्प्रधा देखिएको छ । मतगणना जारी छ ।

    महामन्त्रीका लागि सभापति शेरबहादुर देउवा प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार छन् । शेखर कोइराला प्यानलबाट गगन थापा र मिनेन्द्र रिजाल छन् भने प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा प्रतिष्पर्धा छन् । डा. राजाराम कार्कीले महामन्त्रीमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

    काँग्रेस विधानमा महाधिवेशनबाट दुईजना महामन्त्री निर्वाचित हुने व्यवस्था छ । 

     

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij