काठमाडौं । नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको जारी मतगणनामा गगन थापाको अग्रता कायमै छ । दोस्रोमा विश्वप्रकाश शर्मा छन् ।
१६९५ मत गन्दा गगन थापाले ११५५, विश्वप्रकाश शर्माले ७४१, डा. मीनेन्द्र रिजालले २९६, डा। प्रकाशरण महतले ५५४, प्रदीप पौडेल र डा। राजाराम कार्कीले ५३ मत पाएका छन् ।
महामन्त्रीका लागि ६ जना प्रतिष्पर्धामा छन् । दुईजना निर्वाचित हुनेछन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा तीन स्थानमा मतगणना गरिँदै छ ।