सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

काँग्रेस महामन्त्रीका ५ जना प्रतिस्पर्धीलाई पछि पार्दै गगन जित उन्मुख, विश्वप्रकाश दोस्रोमा कायम


  • 1.5K
    SHARES
  • https://indrenipost.com/posts/2408
    पुष १, २०७८ बिहीबार
    काँग्रेस महामन्त्रीका ५ जना प्रतिस्पर्धीलाई पछि पार्दै गगन जित उन्मुख, विश्वप्रकाश दोस्रोमा कायम

    काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदका लागि भएको निर्वाचनमा गगन थापा जित नजिक पुगेका छन् । सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा भइरहेको मतगणनामा दुवैले सुरुवातदेखि नै अग्रता कायम राख्दै आएका छन् ।

    महामन्त्रीको दुई पदका लागि ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

    ३ हजार १२० मत गणना हुँदा गगन थापाले २ हजार ३७ मत ल्याएका छन्। दोस्रो स्थानमा १ हजार २५५ मत ल्याउँदै विश्वप्रकाश शर्मा छन् । गगन शेखर कोइराला प्यानल र विश्वप्रकाश प्रकाशमान प्यानलबाट महामन्त्रीमा उम्मेदवार हुन् ।

    सोमबारको मतदानमा ४ हजार ६७९ मतदाताले मतदान गरेका थिए ।   

    प्रारम्भिक मतपरिणाम अनुसार तेस्रो स्थानका लागि प्रकाशशरण महतले १०२४ मत ल्याउँदा प्रदीप पौडेलले ९३५ मत ल्याएका छन् । दुवैजना सभापतिमा निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बनेका हुन् ।

    यस्तै, शेखर प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका मीनेन्द्र रिजालले ५४६ पाउँदा राजाराम कार्कीले ७५ मत पाएका छन् ।

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij