सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

काँग्रेस महामन्त्री : ७८९ मत गन्न बाँकी रहँदा गगनको जित सुनिश्चित, दोस्रोमा विश्वप्रकाश


  • 2.3K
    SHARES
  • https://indrenipost.com/posts/2409
    पुष १, २०७८ बिहीबार
    काँग्रेस महामन्त्री : ७८९ मत गन्न बाँकी रहँदा गगनको जित सुनिश्चित, दोस्रोमा विश्वप्रकाश

    काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदका लागि भएको निर्वाचनमा गगन थापाको जित सुनिश्चित भएको छ ।  सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा भइरहेको मतगणनामा दुवैले सुरुवातदेखि नै अग्रता कायम राख्दै आएका थिए ।

    ३ हजार ८९० मत गणना हुँदा गगन थापा २ हजार ५१२ मत ल्याएका हुन् । सोमवारको मतदानमा ४ हजार ६७९ मतदाताले मतदान गरेका थिए । आधारभन्दा बढी मत गणना हुँदा गगनले पपुलर मतसहित जित सुनिश्चित गरेका हुन् ।

    महामन्त्रीको दुई पदका लागि ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

    दोस्रो स्थानमा १ हजार ५९७ मत ल्याउँदै विश्वप्रकाश शर्मा छन् । गगन शेखर कोइराला प्यानल र विश्वप्रकाश प्रकाशमान प्यानलबाट महामन्त्रीमा उम्मेदवार हुन् ।

    प्रारम्भिक मतपरिणाम अनुसार तेस्रो स्थानका लागि प्रकाशशरण महतले १२९२ मत ल्याउँदा प्रदीप पौडेलले ११६१ मत ल्याएका छन्। दुवैजना दोस्रोपटक सभापतिमा निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बनेका हुन् ।

    यस्तै, शेखर प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका मिनेन्द्र रिजालले ६७९ पाउँदा राजाराम कार्कीले ८८ मत पाएका छन् ।

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij